काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महरालाई हाजिर जमानीमा छाडिएकाे छ । उनी इलेक्ट्रिक चुरोट (भेप)मार्फत ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका थिए ।
प्रहरीले गत सोमबार (चैत ५ गते) महरालाई कपिलवस्तुबाट पक्राउ गरेको थियो ।
‘निज पक्राउ व्यक्ति स्वयंले आफू टिबी, युरिक एसिड, प्रोस्टेटको बिरामी रहेको भनी उल्लेख गरेकाले आवश्यक उपचारको प्रबन्ध गर्न अनुस निकायलाई निर्देशन समेत दिएको छ,’ आदेशमा भनिएको छ ।
मुलुकी फौजदारी कार्यविधि, २०७४ को दफा १५ अनुसार हिरासतमा रहेका व्यक्तिलाई अनुसन्धान अधिकारीले छाड्न सक्ने प्रावधान छ।