सिन्धु एमाले–अध्यक्षको चर्चामा नेपाल र श्रेष्ठ, कस्ले हत्याउला नेतृत्व ?

सिन्धु एमाले–अध्यक्षको चर्चामा नेपाल र श्रेष्ठ, कस्ले हत्याउला नेतृत्व ?

फरक पत्रिका

बिहिबार, चैत्र ८ २०८०

सिन्धु एमाले–अध्यक्षको चर्चामा नेपाल र श्रेष्ठ, कस्ले हत्याउला नेतृत्व ?

सिन्धुपाल्चोक । आउँदो चैत १६ बाट सुरु हुने नेकपा एमाले सिन्धुपाल्चोकको १० औं जिल्ला अधिवेशनमा दुई नेताबीच प्रतिष्पर्धा हुने देखिएको छ । चैत १६ देखि १८ गतेसम्म सदरमुकाम चौतारामा चल्ने अधिवेशनमा कमल नेपाल र होमनारायण श्रेष्ठबीच चुनावी स्पार्धा हुने देखिएको हो ।
नेपाल वर्तमान जिल्ला अध्यक्ष हुन् भने श्रेष्ठ गाउँपालिका महासंघका पूर्वअध्यक्ष र जुगल गाउँपालिकाकासमेत पूर्व अध्यक्ष हुन् । अहिले एमाले राजनीति वृतमा यी दुई नेताहरुबीच स्पर्धा हुने चर्चा चुलिएसँगै नेतृत्व हत्याउने दाउमा उनीहरु लागेका छन् ।
अहिले एमाले कार्यकर्ता आफ्ना नेता जिताउने दौडदूपमा लागेका छन् । छिट्टै हुन लागेको प्रतिनिधि छनोटमा नेता कार्यकर्ता आफ्नो निकटका नेता जिताउन लागिपरेका छन् ।

अध्यक्ष नेपाल विगतमा माधवकुमार नेपाल पक्षधर थिए। नरम स्वभावका नेपाल पार्टी चलाउन र संगठन निर्माणमा अब्बल मानिन्छन्। श्रेष्ठ उनी लामो समयदेखि ओलीनिकट छन्।

एमालेभित्र दुई चिरामा रहेका नेता–कार्यकर्ता नेपाल र श्रेष्ठको पक्षमा प्रचार गरिरहेका छन्। तर, गुटगत हिसाबले असभ्य र अस्वस्थ प्रतिस्पर्धा गरेको देखिएको छैन। माओवादीबाट एमालेमा मिसिएका नेता दावा तामाङ र एकीकृत समाजवादी त्यागेर एमालेमा समाहित भएका पूर्वसांसद सुभाष कर्माचार्यको समूह नेतृत्व निर्वाचित गर्न निर्णायक देखिएका छन्।

संगठनमा नेपाल बलियो देखिए पनि नयाँ स्वादका लागि प्रतिनिधिले श्रेष्ठलाई चुन्न पनि सक्छन्। सिन्धुपाल्चोकमा एमालेको संगठन मजबुत भए पनि आपसमा घात–प्रतिघात हुने परिपाटीले परिणाम खस्कँदो छ।

अहिले जिल्लाका एक सय तीनवटा वडामा प्रतिनिधि छनोटका लागि निर्वाचन जारी छ। १० संगठित सदस्यबराबर एक प्रतिनिधि निर्वाचित हुने व्यवस्था छ। आठ हजार संगठित सदस्य रहेको एमालेको जिल्ला अधिवेशनमा सात सयभन्दा बढी प्रतिनिधिले नेतृत्व चयन गर्न मत जाहेर गर्नेछन्।

अधिवेशनको पार्टी अध्यक्ष केपी ओलीले सदरमुकाम चौतारामा उद्घाटन गर्नेछन्। अधिवेशनको सबै तयारी अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित