कांग्रेस देउवा समूहले मंसिर २१ मा छुट्टै महाधिवेशन गर्ने, यस्तो छ कार्यतालिका

कांग्रेस देउवा समूहले मंसिर २१ मा छुट्टै महाधिवेशन गर्ने, यस्तो छ कार्यतालिका

फरक पत्रिका

बुधबार, भाद्र १७ २०८३

कांग्रेस देउवा समूहले मंसिर २१ मा छुट्टै महाधिवेशन गर्ने, यस्तो छ कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले बेग्लै महाधिवेशन गर्ने भएको छ । १५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउने तयारीसमेत गरिएको हो।

आज सम्पर्क कार्यालय चुनदेवीमा संयोजक शशांक कोइरालाको अध्यक्षतामा बसेको बैठकमा कार्यतालिका प्रस्ताव गरिएको छ । सो प्रस्तावमा १५ औं महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म गर्ने उल्लेख छ।

वडा अधिवेशन असोज १५ गते, पालिका अधिवेशन असोज २० गते, प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज २३ गते गर्ने प्रस्ताव छ।

साथै जिल्ला अधिवेशन कात्तिक १५ गते, प्रदेश अधिवेशन मंसिर ४ गते र केन्द्रीय महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म गर्ने प्रस्ताव छ।

गगन थापा नेतृत्वको नेपाली कांग्रेसले भने असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित