काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन लम्बिने भएको छ। आइतबारबाट सुरु भएको महाधिवेशनको बन्दसत्र एक दिन लम्बिने भएको हो ।
महाधिवेशन मंगलबारसम्म सकिने मिति तय भएको थियो। तर, बन्दसत्रमा ढिलाइ हुँदा लम्बिने भएको हो। रास्वपा प्रवक्ता मनिष झाले महाधिवेशन एक दिन लम्बिएको जानकारी दिए।
महाधिवेशन लम्बिदै जाँदा प्रतिनिधिको संख्या पनि बढ्दै गएको छ। प्रतिनिधिको संख्या चार हजार पाँच सय पुग्ने अनुमान गरिएको उनको भनाइ छ । महाधिवेशन व्यवस्थापन भद्रगोल हुँदा प्रतिनिधिको संख्या बढ्नेदेखि महाधिवेशन लम्बिने भएको हो।
सोमबार बिहान साढे ८ बजे सुरु हुने भनिएको बन्दसत्र अझै चलेको छैन। बन्दसत्र नै कतिबेला सुरु हुने अनिश्चित छ।