सिन्धुपाल्चोक । प्रतिनिधि सभामा प्रत्यक्षतर्फ चुनाव नजितेका ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टीले जिम्मेवारी तोक्दा सिन्धुपाल्चोक २मा प्रमिला कुलुजुलाई खटाएको छ । केन्द्रीय समिति बैठकले प्रत्यक्ष नजितेका ४० स्थानमा जिम्मेवारी तोक्दा समानुपातिक सांसद कुलुजुलाई सिन्धुपाल्चोक २ मा तोकेको हो।
फागुन २१ मा भएको निर्वाच्नमा रास्वपाले १६५ निर्वाचन क्षेत्रमध्ये १२५ स्थानमा जित हासिल गरेको थियो।बाँकी ४० स्थानमा समानुपातिक सांसदलाई जिम्मेवारी दिइएको छ । सिन्धुपाल्चोक १ मा रास्वपामा भरतप्रसाद पराजुली निर्वाचित भएका थिए । सिन्धुपाल्चोक २ मा नेकपाका युवराज दुलाल विजयी हुँदा रास्वपामा अजय श्रेयठ चौंथो भएका थिए ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष निर्वाचनमा विजय प्राप्त गर्न नसकेका क्षेत्रहरूको लागि समानुपातिक सांसदको सूचीबाट जिम्मेवारी तोकेको छ। र, सो जिम्मेवारीको सूची आमसञ्चार माध्यममार्फत आमनागरिक तहमा जानकारीको लागि प्रेषित गरिएको छ,’ महामन्त्री कविन्द्र बुर्लाकोटीले सूचना जारी गर्दै भनेका छन्।