सिन्धुपाल्चोकका स्थानीयका लागि याम्बालिङ्ग हाइड्रोपावरले बाँड्यो सेयर

सिन्धुपाल्चोकका स्थानीयका लागि याम्बालिङ्ग हाइड्रोपावरले बाँड्यो सेयर

फरक पत्रिका

आइतबार, बैशाख ६ २०८३

सिन्धुपाल्चोकका स्थानीयका लागि याम्बालिङ्ग हाइड्रोपावरले बाँड्यो सेयर

सिन्धुपाल्चोक । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले स्थानीयलाई ७ लाख कित्ता शेयर निष्काशन गरेकोमा आइतबार बाँडफाँड भएको हो ।

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार १ हजार ७०९ जनाले यस कम्पनीको ६ लाख ९६ हजार ४२० कित्ता सेयर पाएका छन् । १० कित्तादेखि ७७० कित्तासम्म सेयर माग गर्दै आवेदन दिएका आवेदकहरुले मागेजति नै सेयर पाएका छन् ।

यस्तै, ८०० देखि ७ हजार कित्तासम्म सेयर माग गर्दै आवेदन दिएका आवेदकहरुले ७८० कित्ता सेयर पाएका छन् ।

७ लाखमध्ये बाँकी रहेको ३ हजार ५८० कित्ता सेयर ८०० देखि ७ हजार कित्तासम्म माग गरेर आवेदन दिएकामध्ये ३५८ जनालाई थप १०र१० कित्ताका दरले बाँडफाँड गरिएको छ ।

कम्पनीले २०८२ चैत्र ८ गतेदेखि आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीयको लागि शेयर निष्काशन गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित