काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतकमा सांसद युवराज दुलाल नियुक्त गरेको छ। दुलाल सिन्धुपाल्चोक २ बाट निर्वाचित सांसद हुन्।
पार्टीका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले दुलाललाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन्।
‘हाम्रो पार्टी नेपाली कम्युनिस्ट पार्टीको संघीय संसद अन्तर्गत प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतक पदमा प्रतिनिधिसभा सदस्य युवराज दुलाललाई नियुक्त गरिएको व्यहोरा जानकारी गरिन्छ। सोही अनुसार दुलाललाई यस दलका तर्फबाट संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा प्रमुख सचेतकको रूपमा संसदीय कार्यमा प्रतिनिधित्व गर्ने व्यवस्था मिलाइदिनुहुन अनुरोध छ,’ दल नेता प्रचण्डले पठाएको पत्रमा भनिएको छ।