काठमाडौँ – काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ। जबराविरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको हो। मन्त्रिपरिषद्मा भागबन्डा खोजेको लगायतका कारण विवादित बन्दै आएका जबराविरुद्ध नेपाल बार एसोसियसनले १०७ दिनदेखि आन्दोलन गरिरहेको छ।
प्रस्तावमाथि ९८ जना सांसदले हस्ताक्षर गरेका छन्। कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित सत्तारुढ दलका सांसद महाभियोग प्रस्ताव लिएर संसद् सचिवालय पुगेका थिए । महाभियोग प्रस्ताव लिएर पुष्पा भुसाल, जीवनराम श्रेष्ठ, देव गुरुङ, गगन थापालगायत सांसद संसद् सचिवालय पुगेका हुन् ।
महाभियोग प्रस्तावमा २१ बुँदा उल्लेख गरिएको छ। जसमा राणाले लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन, संवैधानिक स्वतन्त्रता र जिम्मेवार न्यायापालिकाको जगेर्ना गर्न नसकेको उल्लेख गरिएको छ।
यस्तै, सर्वोच्च अदालतलगायत न्यायपालिकाभित्र राणाको कार्यकालमा विकृति, विसंगति र भ्रष्टाचार बढेको, विचौलियाले प्रवेश पाएको र प्रभाव बढाउँदै लगेको लगायतका विषय महाभियोग प्रस्तावमा उल्लेख छ।
प्रधानन्यायाधीश राणा विरुद्ध महाभियोग प्रस्ताव दर्ता भएसँगै उनी निलम्बनमा परेका छन्। त्यससँगै अब दीपककुमार कार्कीले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने छन्। कार्की राणापछिका वरिष्ठतम् न्यायाधीश हुन्।