काठमाडौं । समानुपातिक तर्फको मतगणना सकिएको छ ।
प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकतर्फ ५१ लाख ३९ हजार २३५ मत पाएको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताए । यस अनुसार रास्वपाले समानुपातिकबाट ५७ सिट थप्ने निश्चित भएको छ ।
यसैगरी प्रत्यक्षतर्फ १८ सिट जितेको नेपाली कांग्रेसले समानुपातिकतर्फ १७ लाख ४९ हजार ५८३ मत पाएको छ । कांग्रेसले समानुपातिकबाट २० सिट थप्ने सम्भावना छ ।
प्रत्यक्षतर्फ ९ सिट जितेको नेकपा एमालेले समानुपातिकबाट १४ लाख ५१ ह्जार ७५९ मत पाएको छ । यस अनुसार नेकपा एमालेले १६ सिट थप्ने निश्चित भएको छ ।
प्रत्यक्षतर्फ ७ सिट जितेको नेपाल कम्युनिस्ट पार्टीले समानुपातिकतर्फ ८ लाख ९ हजार ७१ मत पाएको छ । यसअनुसार नेपाल कम्युनिस्ट पार्टीले थप ९ सिट थप्ने छ ।
प्रत्यक्षमा तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिकबाट थप ४ सिट पाउने निश्चित भएको छ । उसले समानुपातिकमा ३ लाख ८५ हजार ६ सय ८२ मत पाएको छ ।
प्रत्यक्षमा एक सिट जितेको राप्रपाले पनि समानुपातिकबाट करिब ४ सिट पाउने सम्भावना छ । राप्रपाले समानुपातिकतर्फ ३ लाख ३० हजार ८२ भोट पाएको छ ।