सिन्धुपाल्चोक २:यी १४ उम्मेदवार जसले जमानत जोगाउन सकेनन्

सिन्धुपाल्चोक २:यी १४ उम्मेदवार जसले जमानत जोगाउन सकेनन्

फरक पत्रिका

मंगलबार, फाल्गुन २६ २०८२

सिन्धुपाल्चोक २:यी १४ उम्मेदवार जसले जमानत जोगाउन सकेनन्

सिन्धुपाल्चोक । फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मत परिणाम आइसकेको छ । सिन्धुपाल्चोकका दुवै क्षेत्रको प्रत्यक्ष र समानुपातिक परिणाम सार्वजनिक भइसकेको हो ।
सिन्धुपाल्चोक क्षेत्र नं। २ मा नेपाली कम्युनिष्ट पार्टीका युवराज दुलाल विजयी बने । उनले नेपाली कांग्रेसका वंशलाल तामाङलाई हराउँदै विजयी बनेका हुन् ।
निर्वाचित दुलालले २१ हजार ६ सय ९९ मत ल्याउँदा वंशलालले १९ हजार एक सय ४६ मत ल्याएका थिए ।
त्यस्तै तेस्रो स्थानमा खुम्चिएका नेकपा एमालेका शेरबहादुर तामाङले १७ हजार नौ सय २६ मत ल्याउँदा रास्वपाका झलककुमार श्रेष्ठले १४ हजार १९ मत प्राप्त गरे ।
यी प्रमुख चार दलका उम्मेदवारले मात्रै यो क्षेत्रमा जमानत जोगाउन सके । यहाँ १८ उम्मेदवार चुनावी स्पर्धामा थिए । बाँकी १४ उम्मेदवारले जमानत जोगाउनसमेत सकेनन् ।
सिन्धुपाल्चोक क्षेत्र नं. २ मा एक लाख ३८ हजार १३ मतदाता छन् । तीमध्ये फागुन २१ मा भएको निर्वाचनमा ७२ हजार नौ सय १२ मत खसेको थियो । चार हजार एक सय २२ मत बदर हुँदा ६८ हजार सात सय ९० मत सदर भएको थियो ।
सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने प्रावधानअनुसार यस क्षेत्रमा कम्तीमा ६ हजार ८ सय ७९ मत प्राप्त गर्नुपर्ने थियो । तर अधिकांश उम्मेदवारले उक्त सीमा पार गर्न नसक्दा उनीहरुको जमानत जफत भएको हो ।
यसअघि यो क्षेत्रमा पटक पटक जित हासिल गरेको राप्रपालेसमेत जमानत जोगाउन सकेन ।

 

यी हुन् जमानत जोगाउन नसकेका उम्मेदवारहरु

 

गोपी कृष्ण चौलागाई(३५ )

राष्ट्रिय प्रजातन्त्र पार्टी

,६८१

राम सिं तामाङ(३८ )

उज्यालो नेपाल पार्टी

,२३८

कर्णविर स्यांवु लामा(३९ )

मंगोल नेशनल अर्गनाइजेसन

१५९

भानु श्रेष्ठ(३६ )

श्रम संस्कृति पार्टी

१२९

सोमान लामा(४२ )

नेपाल कम्युनिस्ट पार्टी (माओवादी)

१२१

मिङमर तामाङ(५२ )

राष्ट्रिय मुक्ति पार्टी नेपाल(एकल चुनाव चिन्ह)

९९

सेर वहादुर तामाङ(५६ )

नागरिक सर्वोच्चता पार्टी नेपाल(एकल चुनाव चिन्ह)

४७

दावा छिरिङ शेर्पा(४९ )

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च

२९

विजु श्रेष्ठ(४० )

स्वतन्त्र

२५

दिपक ढकाल(३९ )

स्वतन्त्र

२४

म्हेन्दो तामाङ(२९ )

नेपाल मजदुर किसान पार्टी

१७

गणेश बहादुर श्रेष्ठ(६० )

आम जनता पार्टी(एकल चुनाव चिन्ह)

११

सुन्दर अधिकारी(३५ )

स्वतन्त्र

११

महेश कुँवर(४० )

मितेरी पार्टी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित