युवराज दुलालको घरदैलो- मत दिनेमा चाैतरावासीले दिलाए विश्वास

युवराज दुलालको घरदैलो- मत दिनेमा चाैतरावासीले दिलाए विश्वास

फरक पत्रिका

शनिबार, फाल्गुन १६ २०८२

युवराज दुलालको घरदैलो- मत दिनेमा चाैतरावासीले दिलाए विश्वास

सिन्धुपाल्चोक । फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरु कोण सभा र मतदाता भेटघाटमा व्यस्त छन् । सिन्धुपाल्चोक क्षेत्र नं २ मा पनि अन्यमा झैं चुनावी चहलपहल तीव्र बनेको छ ।सिन्धुपाल्चोक २ मा नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट युवराज दुलाल चुनावी मैदानमा छन् । उनी अहिले घरदैलोमा मतदाता भेटघाट तथा सुझाव संकलनमा व्यस्त छन् ।
उनले चुनावी अभियानका क्रममा शनिबार बनदेउदेखि चाैतारासम्म बाइक र्याली गरे । दिउँसाे चाैतारामा घरदैलाे गरे । उनलाइ चाैतारावासीले मतका लागि ढुक्क हुन विश्वास दिलाए । चाैतारावासीले दुलाललाई मत दिने र त्यसकाे उचित कार्यान्वयन  गराउनुपर्नेमा जाेड दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित