सिन्धुपाल्चोक–२ : जितनजिक कांग्रेसका वंशलाल तामाङ

सिन्धुपाल्चोक–२ : जितनजिक कांग्रेसका वंशलाल तामाङ

फरक पत्रिका

मंगलबार, फाल्गुन १२ २०८२

सिन्धुपाल्चोक–२ : जितनजिक कांग्रेसका वंशलाल तामाङ

सिन्धुपाल्चोक । आउँदो फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसबाट वंशलाल तामाङ चुनावी स्पार्धामा छन् । सिन्धुपाल्चोक क्षेत्र नं २ बाट चुनावी स्पर्धामा होमिएका उनीसँग १८ प्रतिष्पर्धि छन् । तर चनाुी माहोलले उनी जितनजिक पुगेको मतदाताहरुको भनाइ छ ।
कांग्रेसको संगठनलाई बलियो बनाउँदै घरदैलो अभियान, मतदाता अभिमुखीकरण तथा जनसम्पर्कलाई तीव्र पार्ने लक्ष्यसहित निर्वाचनमा होमिएको कांग्रेसले स्पष्ट पारेको छ ।वंशलालले १७ माघबाट घरदैलो अभियाननलाई तीव्रता दिएका हुन् । उनीसँगै प्रदेश मन्त्री कृष्णकुमार तामाङ, पूर्व मन्त्री विष्णुविक्रम थापा, पूरेर्व प्रदेश मन्त्री निमा लामा, क्षेत्रीय अध्यक्ष आइतमान तामाङ, नेता भूपेन्द्र थापा, भरत खड्कालगायतका नेताहरु अहिले साथमै छन् । साथै उनीसँग पालिका कमिटिका पदाधिकारी, इकाई कमिटीका पदाधिकारी, विभिन्न भ्रातृ तथा सुभेच्छुक संस्थाका पदाधिकारीलगायत सदस्य र शुभचिन्तकहरु रहेका छन् ।
उनीसँगै अहिले मतदाता साथमै डुलिरहेका छन् । कांग्रेसको ग्राउण्ड मत र उनको पपुलर मतले उनलाई जितनजिक लगेको हो । वंशलाल इन्द्रावती गाउँपालिकाका पूर्व अध्यक्ष हुन् । इन्द्रावतीमा गरेका विकास निर्माण,लगायत अन्य कामले मतदाता अहिले उनीतिर उर्लिएका छन् । उनले जनताका लागि गरेको विकासकै कारण अबको संघीय निर्वाचनमा जिताउन लागि परेको मेलम्चीका मतदाता विकास श्रेष्ठ बताउँछन् । उसो त इन्द्रावतीकै सपना लामा पनि वंशलालले गाउँपालिकामा गरेको कामको प्रशंसा गर्छिन् । उनी कांग्रेसकी हैनन् तर यसपालिल वंशलालको कामबाट प्रभावित भएर अहिले भने कांग्रेसमा मत दिने उनले बताइन् ।
प्रारम्भिक माहोलअनुसार सिन्धुपाल्चोक–२ मा पुरानै दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० बीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । २०७९ को निर्वाचनमा कांग्रेसका मोहनबहादुर बस्नेत जितेको यो क्षेत्रमा अहिले कुल १८ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
कांग्रेसबाट इन्द्रावती गाउँपालिकाका पूर्वअध्यक्ष वंशलाल तामाङ कांग्रेसबाट चुनावी मैदानमा छन् । एमालेले केन्द्रीय सदस्य शेरबहादुर तामाङलाई उम्मेदवारमा निरन्तता दिएको छ । नेकपाले युवराज दुलाल ‘शरद’ चुनावी दौडमा उतारेको छ भने, राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०बाट झलककुमार श्रेष्ठ ‘अजय’ उम्मेदवार छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी९राप्रपा०बाट गोपीकृष्ण चौलागाईँ उम्मेदवार छन् ।
पहिले कानुन मन्त्रीसमेत बनिसकेका एमाले उम्मेदवार तामाङसँग सिन्धुपाल्चोकमा जित(हार दुवैको अनुभव छ । उनले २०७० को संविधानसभा र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा जित हासिल गरेका थिए ।
०७४ मा कांग्रेससमेतको समर्थन पाएका राप्रपाका पुराना नेता पशुपतिशमशेर राणालाई पराजित गर्दै तामाङ विजयी भएका थिए । त्यो बेला उनलाई तत्कालीन नेकपा माओवादी केन्द्रको पनि साथ थियो । पछि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रसमेत पाँच दलीय गठबन्धनको सहयोगमा कांग्रेस नेता मोहनबहादुर बस्नेतले तामाङलाई पराजित गरेका थिए । बस्नेतले ३९ हजार ३६७ मत ल्याएर जित निकाल्दा तामाङले २७ हजार २४१ मतमा रोकिएका थिए । तामाङ पहिलो पटक २०६४ को संविधानसभा निर्वाचनमा पनि चुनावी मैदानमा थिए । पहिलो चुनावले उनलाई हारको स्वाद दिएको थियो ।
कांग्रेसका लागि गत निर्वाचन जितेको साख जोगाउने जिम्मेवारी अहिले वंशलाल तामाङको काँधमा आएको छ । २०७४ मा अमेरिका बसाइँ छाडेर स्वदेश फर्किएका उनी सोहीवर्ष इन्द्रावती गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका थिए । नभन्दै जित पनि निकाले ।
वंशलाल गाउँपालिका अध्यक्ष हुँदा उनी गाउँपालिका राष्ट्रिय महासंघको महासचिव पनि बनेका थिए । वंशलालसँग नेपाल विद्यार्थी संघमा जिल्ला अध्यक्ष, कांग्रेस जिल्ला कार्यसमिति सदस्य हुँदै जिल्ला सचिवसम्म बनेको अनुभव पनि छ ।
वंशलालले नातावाद, कृपावाद, भ्रष्टाचार र अनैतिक अभ्यासको अन्त्य गर्दै राजनीतिलाई शुद्ध समाजसेवाका रूपमा अघि बढाउने भन्दै भोट मागिरहेका छन् । आर्थिक र शैक्षिक रूपमा सशक्त समाज निर्माण गर्ने एजेन्डा उनले अघि सारेका छन् । कांग्रेसको बलियो संगठन, जनताको अपेक्षाअनुसार परिवर्तन भएको दल र आफ्नो विगतका कामका कारण आफू निर्वाचित हुने उनले दाबी गरिरहेका छन् ।
यो क्षेत्रमा नेशनल मंगोल अर्गनाइजेसनबाट कर्णवीर स्याँबु लामा, आम जनता पार्टीबाट गणेशबहादुर श्रेष्ठ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दावा छिरिङ शेर्पा, श्रम संस्कृति पार्टीबाट भानु श्रेष्ठ, मितेरी पार्टी नेपालबाट महेश कुँवर, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट मिङमर तामाङ, नेपाल मजदुर किसान पार्टीबाट म्हेन्दो तामाङ, उज्यालो नेपाल पार्टीबाट राम सिंह तामाङ, नागरिक सर्वोच्चता पार्टी नेपालबाट शेरबहादुर तामाङ, नेकपा९माओवादी०बाट सोनाम लामा उम्मेदवार छन् । सुन्दर अधिकारी, विजु श्रेष्ठ र दीपक ढकालले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित