सिन्धुपाल्चोक । फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरु कोण सभा र मतदाता भेटघाटमा व्यस्त छन् । सिन्धुपाल्चोक क्षेत्र नं। १ मा पनि अन्यमा झैं चुनावी चहलपहल तीव्र बनेको छ ।
चुनावी प्रचारकै क्रममा घरदैलो गर्दै लिसंखुपाखर पुगेका थिए नेपाली कांग्रेसका उम्मेदवार जंगबहादुर लामा । उनले त्यहाँका मतदाता भेटे अनि गाउँको समस्या सुने ।मतदाताका अपेक्षा संकलन गरे अनि समस्या समाधानका लागि वाचा गरे ।
मतदाता भेट्ने क्रममा जंगले भटे ८६ वर्षीय एक आमा । उनले लामालाई जितका लागि शुभकामना दिइन् । आर्शिवाद दिइन् । अनि भनिन्, बल्ल धेरै वर्षपछि नेपाली काँग्रेसलाई भोट हालेर जिताउन पाउने भयो।ू बाबु सबैको समान सम्मान संधै गर्नु, यसरी नै गाउँ गाउँको सबैलाई जितेपछि पनि भेट्नु अनि हालखबर, समस्या बुझ्न पुग्नु । यति भनेर आमाले जंगलाई सम्झाउँदै बिदा गरिन् । लामा आमाको आर्शिवाद लिएर फेरि मतदाता भेटघाटतिर लागे ।
यहाँ प्रमुख चार दलबीच चुनावी भीडन्त हुने आँकलन गरिएको छ । १८ जनाले उम्मेदवारी दिएका छन् यो क्षेत्रमा । विशेषगरी नेपाली कांग्रेसका जंगबहादुर लामा, नेपाली कम्युनिष्ट पार्टीका माधव सापकोटा, नेकपा एमालेका सरेश नेपाल र रास्वपाका भरत पराजुलीबीच चुनावी प्रतिष्पर्धा हुने अनुमान गरिएको हो ।