काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापासँग खुला प्रश्नोत्तर कार्यक्रम सुरू भएको छ।
कांग्रेसले राखेको सभापति थापासँग खुला प्रश्नोत्तर कार्यक्र भर्खरै सुरु भएको हो । कांग्रेसले आगामी चुनावी प्रतिज्ञापत्रमा समेटिएको विषयबारे यो कार्यक्रम राखेको जनाएको छ ।
काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा कार्यक्रम सुरू भएको छ।
कार्यक्रममा सभापति थापाले सहभागीहरूबाट प्रश्न सुन्नेछन् र त्यसको जबाफ दिनेछन्।
त्यस्तै विदेशमा रहनेले पनि सोधेका प्रश्नहरुको जबाफ सभापति थापाले दिनेछन्।