कांग्रेस उम्मेदवार वंशलाल भन्छन्:पुरानाले गरे गरेनन् बिर्सनू, भोलिको भविष्य सोच्नू(भिडियो)

कांग्रेस उम्मेदवार वंशलाल भन्छन्:पुरानाले गरे गरेनन् बिर्सनू, भोलिको भविष्य सोच्नू(भिडियो)

फरक पत्रिका

बुधबार, फाल्गुन ६ २०८२

कांग्रेस उम्मेदवार वंशलाल भन्छन्:पुरानाले गरे गरेनन् बिर्सनू, भोलिको भविष्य सोच्नू(भिडियो)

काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिन्धुपाल्चोक २ का उम्मेदवार वंशलाल तामाङले पुरानालाई बिर्सिर भोलिको भविष्य सोच्न आग्रह गरेका छन् । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका उनले पहिला जितेर गएकाहरुले सिंहदरबारमा पुगेपछि जिल्लाको समस्या बिर्सेको आरोप लगाए ।
काठमाडौंमा आयोजित वृहत तरुण युवा भेलालाई सम्बोधन गर्दै उनले मुलुक बदल्ने हो भने सिन्धुपाल्चोकबाटै सम्भव भएको तर्क राखे ।युवा परिचालन एवं निर्वाचन प्रचारप्रसार समिति सिन्धुपाल्चोक क्षेत्र नं २ को आयोजनामा भएको कार्यक्रममा उनले जिल्लामा निकै सम्भावनााहरु भएको तर त्यसलाई उपयोग गर्न नसकेको बताए । उनले आफूले जिल्लाको समृद्धिका लागि विभिन्न कामहरु गर्ने भन्दै आफ्नो घोषणा पत्र तयार गरेको बताए ।
हेलम्बुको कृषि उत्पादनबाट विदेशबाटै रोयल्टी लिन सक्ने भन्दै उनले हेलम्बुकै फार्म स्तर र मेलम्ची खानेपानीको समस्याबारे सुनाए । मेलम्ची खानेपानी समस्या कहिल्यै दिगो हुन नसकेको भन्दै उनले अघिल्लापटक जितेर गएकाहरुले वास्ता नगरेकाले यो समस्या भएको आरोप लगाए । आफूले जिते यो पहिलो प्राथमिकतामा राखेकाले छिट्टै समाधान गरिने उनको भनाइ थियो ।
पर्यटनतर्फ आमा यांग्री, हेलम्बु, पाँचपोखरी, मेलम्चीलगायतका स्थान ओझेलमा परेको भन्दै प्रमोसन गर्नेतर्फ अरुले नदेखेको उनले बताए । समस्या मात्रै देखे समाधान गर्नेतर्फ ध्यान नगएको उनले सुनाए ।
‘मेलम्ची खानेपानी दीर्घरुपमा भएन । सिंहदबार पुगेपछि बिर्सिए, उनले भने, ‘पुरानो बिर्सिनु अब, भोलिलाई सोचौं, वर्तमानलाई उपयोग गरौं ।’
उनले आफ्नो घोषणपत्रमा सिन्धुपाल्चोकको पर्यटन प्रवद्र्धन, विपद व्यवस्थान, सिन्धु भ्यालीको सम्भावना तस्वीरिकरण गरिएको सुनाए ।
लोकतन्त्रमा जो सत्तामा पुगेका छन् त्यसको कदर हुन नसकेको भन्दै लोकतन्त्रको सही सदुपयोगबाट देश निर्माण हुने र समृद्धितर्फ जाने उनले बताए । यो कांग्रेसबाट मात्रै सम्भव हुने उनको दाबी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित