धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीले धनगढीबाट गरेको चुनावी सभालाई परिवर्तन उद्घोष सभा नाम दिएर सुरु गरेको छ । प्रमुख आकर्षण रहेको बालेन शाहले यो सभामा जम्म तीन मिनेट बोले ।
छोटो मन्तव्यमा बालृनले बरू भोट नदिए हुने काम चाहिँ दिन आग्रह गरे। उनलेभोट दिएपछि मात्रै काम हुने संकेत गर्दै आफूहरु भोट माग्न आएको नभइ काम माग्न आएको बताए ।काम दिनुस्। तपाईंहरूले भोट दिनुभएन भने पनि रास्वपाले सुदूरपश्चिम बनाउँछ। बरू के(के काम छ लिस्ट बनाउनुस् र दिनुस्,ु उनले भने।
विकास निर्माणको काम गर्दा अघिल्ला सरकारले आफ्नो पार्टीको मतदाता बस्ने ठाउँमा काम गर्ने अन्यत्र नगर्ने प्रवृत्ति सुनाए र रास्वपा सरकारमा जाँदा त्यसो नहुने प्रतिबद्धता व्यक्त गरे। उनले २ वर्षमा बन्नुपर्ने सडक २० वर्षसम्म नबनेको भन्दै त्यो डेढ वर्षमा बन्नुपर्यो त्यो नै हाम्रो एजेन्डा रहेको बताए ।
रास्वपा सुदूरपश्चिमलाई बनाउनका लागि आएको उनको भनाइ थियो। ‘सुदूरपश्चिमलाई सु–नजिक पश्चिम बनाउनुपर्यो, राष्ट्रिय स्वतन्त्र पार्टीको त्यो एजेन्डा,’ उनले भने।
धनगढीमा सबैलाई भेट्न पाउँदा खुशी लागेको उनले सुनाए। आफू धेरै बोल्न नआएको उनले बताए। ‘तपाईंहरूलाई आज यहाँ आएर भेट्न पाइयो धेरै खुसी लागेको छ। म धेरै बोल्ने मान्छे होइन, । उनले भने । रास्वपा सरकारमा गयो भने कांग्रेस हिडँने बाटो पनि बनाउछ। एमाले हिँड्ने बाटो पनि बनाउँछ। माओवादी हिँड्ने बाटो पनि बनाउँछ। सबै नेपाली जनता हिँड्ने बाटो बनाउने वरिष्ठ नेता बालेनको भनाइ थियो ।
ुदेशलाई स्वीटजरल्याण्ड बनाउनुपर्छ भन्ने अरु नेताको भनाईप्रति इंगित गर्दै उनले यहीं भएको सुनाए । स्वीट्जरल्याण्डको बाउ बडिमालिका यहिँ छ। किन बनाउनुपर्यो। रामारोशन यहिँ छ, खप्तड राष्ट्रिय निकुञ्ज यहीँ छ। किन बनाउन पर्यो स्वीट्जरल्याण्ड। माल भाको चाल नपाको पर्यौं। उनले भने ।