समस्याबाट भागेर होइन, सामना गरेर समाधान गर्न उम्मेदवार बनेको हुँ

समस्याबाट भागेर होइन, सामना गरेर समाधान गर्न उम्मेदवार बनेको हुँ

फरक पत्रिका

मंगलबार, फाल्गुन ५ २०८२

समस्याबाट भागेर होइन, सामना गरेर समाधान गर्न उम्मेदवार बनेको हुँ

सिन्धुपाल्चोक । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट फाुग २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिन्धुपाल्चोक २ बाट निर्वाच्न होमिएका छन् उम्मेदवार ई. गोपिकृष्ण चौलागाईं । इन्जिनियरिङ अनुभवबाट विकासको खाका ल्याई समृद्ध सिन्धुपाल्चोक निर्माणका लागि आफू चुनावी मैदानमा ओर्लिएको बताएका छन् । चुनावी अभियानअन्तर्गत घरदैलो अयिानमा रहेको चौलागाईंले पदका लागि राजनीतिमा आएको नभई परिवर्तनका लागि काम गर्न उम्मेदवारी दिएको बताएका हुन् ।
देशमा ईमान्दार, सक्षम र काम गरेर देखाउने नेतृत्वको आवश्यकता रहेको औंल्याउँदै उनले यो पटकको निर्वाचनमा आफूलाई जिताउन मतदातालाई अनुरोध गरे । ‘युवाहरू विदेशिन बाध्य छन्, किसानले मूल्य पाएका छैनन्,’ चौलागाईंले भने, ‘शिक्षा र स्वास्थ्य महँगो छ र राज्यप्रति जनताको भरोसा कमजोर हुँदै गएको छ ।’ संसदमा आफ्नो उपस्थिति युवाको मनको चाहना र अहिलेको बाध्यतालाई समाधान गर्नका लागि भएको उनले बताए । प्रस्तुत छ फरकपत्रिकाका लागि उम्मेदवार चौलागाईंसँग गरिएको संवाद ।

१) तपाईँको उम्मेदवारी किन ?
म राजनीति पदका लागि होइन, परिवर्तनका लागि गर्न आएको हुँ। लामो समयदेखि हामीले एउटै गुनासो सुन्दै आएका छौँ— कामभन्दा कुरा धेरै, योजना भन्दा स्वार्थ धेरै, नेतृत्वभन्दा व्यवस्थापन कमजोर थियो ।र, छ पनि ।
मैले इन्जिनियरिङ् पढेँ, प्रविधि र व्यवस्थापनमा काम गरेँ।
समस्या देखेपछि डिजाइन बनाउने, समाधान खोज्ने र परिणाम निकाल्ने मेरो बानी र काम हो। त्भ्ीभ्ऋइःःग्ल्क्ष्ऋब्त्क्ष्इल् फिल्मेड मा मेरो अनुभव ल्इऋ ईन्जिनियर भएर काम गर्दा तत्काल आएको समस्या लाई सहि रूपमा पहिचान गरि छोटो समयमै समाधान दिने मेरो बानि छ। आज हाम्रो क्षेत्र र देशलाई चाहिएको पनि यही हो ।
अहिले ईमानदार, सक्षम र काम गरेर देखाउने नेतृत्व आवश्यक छ । युवाहरू विदेशिन बाध्य छन्, किसानले मूल्य पाएका छैनन् । यसलाई नीतिमार्फत सम्बोधन गरिनुपर्ने जरुरी छ ।
शिक्षा र स्वास्थ्य महँगो छ । सामान्य गाउँमा बसेर खेती किसानी गरेकाहरुले आफ्ना छोराछोरी अहिले राम्रा विद्यालयमा पढाउन सकेका छैनन् । बिरामी भइहाले एम्बुलेन्सको भाडा तिर्न नसक्नेहरु धेरै हुनुहुन्छ । उपचार त परैको कुरा । यी निकै संवेदनशील विषय हुन् । यहाँ राज्यले जो जितेर गएपनि खास अपेक्षाकृत नीति बनानएर लागू गर्न सक्नुभएको छैन। मेरो मुख्य ध्येय यहीँ जान्छ । यी र यस्तै कारणले राज्यप्रति जनताको भरोसा कमजोर हुँदै गएको छ। त्यसर्लाइ सुधार मात्रै हैन परिणाममुखी बनाउँछु ।
र, म समस्याबाट भागेर होइन, सामना गरेर समाधान गर्न म उम्मेदवार बनेको हुँ।

२) तपाईँका एजेण्डा के–के हुन् ?
मेरो एजेण्डा स्पष्ट, व्यवहारिक र नाप्न सकिने छन्।
पहिलो— रोजगारी र अर्थतन्त्र
स्थानीय स्रोत र सीपमा आधारित रोजगारी
युवालाई सीप तालिम, उद्यमशीलता ऋण
वैदेशिक रोजगारीलाई सुरक्षित र सम्मानजनक बनाउने नीति
दोस्रो— शिक्षा र स्वास्थ्य
गुणस्तरीय सरकारी शिक्षा
म आफै सरकारि बिध्यालय को बिध्यार्थी हुँ, राम्रो शिक्षा दिने हो भने आफ्नो पेशा गरेर नेपालमै काम गरेर खान सकिन्छ भन्ने उदाहरण हुँ।
प्राविधिक र सीपमूलक पढाइमा जोड
आधारभूत स्वास्थ्य सेवा सर्वसुलभ र सस्तो

तेस्रो— सुशासन र भ्रष्टाचार नियन्त्रण
ठूला कुरा होइन, कडा कार्यान्वयन
सार्वजनिक खर्च पारदर्शी
काम नगर्ने र भ्रष्टलाई कारबाही

चौथो— पूर्वाधार र विकास
सडक, खानेपानी, सिँचाइ र डिजिटल पहुँच
योजनामा गुणस्तर, समय र दिगोपन
पाँचौँ— राष्ट्रियता, पहिचान र संस्कृति
राष्ट्रिय स्वाभिमान बलियो
धर्म, संस्कृति र परम्पराको सम्मान
सन्तुलित र स्थिर राजनीतिक व्यवस्था

३) अबको संसद कस्तो चाहनुहुन्छ ?
म चाहन्छु—
नारा होइन, नीति बनाउने संसद।
हुल होइन, होमवर्क गरेर जाने सांसद।
झगडा होइन, समाधान खोज्ने संसद।
अबको संसदमा
विषय जान्ने प्रतिनिधि
जनताको आवाज उठाउने साहस
पार्टीभन्दा देशलाई अगाडि राख्ने सोच हुनुपर्छ।
‘म संसदलाई काम गर्ने थलो बनाउने सपना लिएर आएको हुँ—जहाँ जनताको समस्या बहसमा मात्र होइन, कानून र नीतिमा बदलिन्छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित