भोट माग्दै माधव सापकोटाले भने–अधुरा आयोजना पूरा गर्न फेरि आएँ

भोट माग्दै माधव सापकोटाले भने–अधुरा आयोजना पूरा गर्न फेरि आएँ

फरक पत्रिका

सोमबार, फाल्गुन ४ २०८२

भोट माग्दै माधव सापकोटाले भने–अधुरा आयोजना पूरा गर्न फेरि आएँ

सिन्धुपाल्चोक । नेपाली कम्युनिस्ट पार्टी सिन्धुपाल्चोक १ का उम्मेदवार माधव सापकोटाले लिसंखुपाखर गाउँपालिका पुगेर यसअघिका अधूरा कामहरु अब साँसद बनेर पूरा गर्ने बताएका छन् । स्थानीयसँग मत माग्दै उम्मेदवार सापकोटाले अघिल्लो अधुरो कार्यकालमा गरेका काम र नयाँ प्रतिबद्धता प्रस्तुत गरे ।
औपचारिक रूपमा मतदाता भेटघाट तथा सुझाव संकलन अभियानको सुरुआत गरेका सापकोटाले स्वास्थ्य, शिक्षा, सडक, पर्यटन, कृषि र रोजगारी जस्ता क्षेत्रमा नयाँ योजनाहरूबारे पनि सुनाए । अघिल्लो ३३ महिनाको सांसद कार्यकालमा हुन नसकेका कामहरु अब हुने उनले आश्वासन दिएका हुन ।
पाखर बजारबाट सुरु भएको अभियानमा स्थानीय बासिन्दा, युवा, महिला, विद्यार्थी र पार्टी कार्यकर्ताहरूले डम्फु झ्याली, झाँकी र नाराहरूका साथ उनलाई स्वागत गरेका थिए। अभियानमा पूर्व सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन परिचालन संयोजक केशव नेपाल, बागमती प्रदेशसभा सदस्य द्वय सरल सहयात्री र अमृता नेपाल, बाह्रबिसे नगरपालिकाका पूर्व मेयर निमफुन्जो शेर्पा, पूर्व सांसद सिंहबहादुर बिक लगायतका प्रमुख नेताहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित