सिन्धुपाल्चोक । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिन्धुपाल्चोक २ का उम्मेदवार वंशलाल तामाङले हेलम्बु र पाँचपोखरीलाई “अर्गानिक भ्याली” का रूपमा विकास गरी युवालाई रोजगारी सिर्जना गर्न सकिने बताएका छन् । हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकामा धेरै विकट गाउँहरु रहेको बताउँदै उनले यसलाई अवसरको रुपमा लिनुपर्नेमा जोड दिएका हुन् ।
विकट ठाउँमा अवसरहरु धेरै हुने भन्दै उनले यी दुई गाउँपालिकालाई आफूले प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए । उनले पाँच वर्षभित्र बृहत् योजना बनाएर क्षेत्र नं. २ लाई विकसित बनाउने सुनाए । सोमबार मेलम्ची नगरपालिका भित्रका युवाहरू कार्यक्रममा उनले यस्तो बताएका हुन् ।