काठमाडौं। सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाका पूर्व मेयर तथा एमालेका नेता निमफुन्जो शेर्पा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित भएका छन्। शुक्रबार काठमाडौंमा आयोजित मतदाता भेटघाट तथा पार्टी समायोजन कार्यक्रममार्फत नेपाली कम्युनिषट पार्टीमा प्रवेश गरेका हुन् ।
उनले केही दिनअघि एमाले परित्यागको घोषणा गरेका थिए । नेकपा सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय, प्रतिनिधिसभा क्षेत्र नं. १ निर्वाचन परिचालन समितिद्वारा आयोजित कार्यक्रममा शेर्पालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व सभामुख अग्निप्रसाद सापकोटालगायतका नेताहरूले स्वागत गरे ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्यका लागि सिन्धुपाल्चोक क्षेत्र नं। १ का प्रत्यक्ष उम्मेदवार माधव सापकोटा ‘सुबोध’, समानुपातिक उम्मेदवार लालकान्छा तामाङ, भगवती नेपाल लगायत जिल्लाका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।