सिन्धुपाल्चोक ।फागुन २१ मा हुने प्रथिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन गरिएको छ । क्षेत्रिय सभापति आइतमान तामाङको संयोजकत्वमा आज कार्यालयको उद्घाटन गरिएको हो । निर्वाचन अभियानलाई सशक्त र व्यवस्थित बनाउन अब कार्यालयमार्फत कार्य अगाडी बढाइने तामाङले जानकारी दिए ।
कांग्रेसको संगठनलाई बलियो बनाउँदै घरदैलो अभियान, मतदाता अभिमुखीकरण तथा जनसम्पर्कलाई तीव्र पार्ने लक्ष्यसहित निर्वाचनमा होमिएको कांग्रेसले स्पष्ट पारेको छ ।वंशलालले १७ माघबाट घरदैलो अयिानलाई तीव्रता दिएका हुन् । उनीसँगै पूर्व मन्त्री विष्णुविक्रम थापा, पूर्व प्रदेश मन्त्री निमा लामा, कृष्णकुमार तामाङ, क्षेत्रीय अध्यक्ष आइतमान तामाङ, नेता भूपेन्द्र थापा, भरत खड्कालगायतका नेताहरु अहिले साथमै छन् । साथै उनीसँग पालिका कमिटिीका पदाधिकारी, इकाई कमिटीका पदाधिकारी, विभिन्न भ्रातृ तथा सुभेच्छुक संस्थाका पदाधिकारीलगायत सदस्य र शुभचिन्तकहरु रहेका छन् ।
नेता वंशलालको सिंगो टोली २४ गते चौतारा पुग्नेछ । २६ गतेसम्म चौतरा साँगाचोकगढी नगरपालिकाका विभिन्न टोलमा पुग्ने लक्ष्य उनले लिएका छन् । चौताराका जनताका समस्या, दुःखलाई अंकमाल गर्न र समाधानको बाटो पहिल्याउन उनी चौताराका गाउँ गाउँ पुग्न लागेका हुन् ।
त्यस्तै इन्द्रावतीका लागि उनले माघ २७ र २८ गते दुई दिन छुट्याएका छन् । इन्द्रावती उनको गृह गाउँ हो । उनी इन्द्रावती गाउँपालिकाका पूर्व अध्यक्ष हुन् । उनी अध्यक्ष एको बेला गरिएको विकास निर्माणको अनुगमन, पूर्वाधारलगायतका लागि थप आवश्यककोसमेत उनले अवलोकन गर्नेछन् । त्यस्तै इन्द्रावतीमा उनले अध्यक्ष रहँदा गर्न नभ्याएका संरचनाहरुकेसमेत निरीक्षण गरि समाधानको बाटो पहिल्याउने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
इन्द्रावती सकेपछि उनी मेलम्ची नगरपालिकाका विभिन्न गाउँ, टोलमा हुनेछन् । २ गतेसम्म हुने पहिलो चरणको घर दैलोपछि प्रचारप्रसारका लागि ३ गतेबाट उनी चुनावी सभा, अभियान, घर दैलो, भेटघाटमा व्यस्त रहेनछन् ।