राप्रपाका चौलागाईं भन्छन्–इन्जिनियरिङको अनुभवबाट विकाससँगै समृद्ध सिन्धुपाल्चोक निर्माण

राप्रपाका चौलागाईं भन्छन्–इन्जिनियरिङको अनुभवबाट विकाससँगै समृद्ध सिन्धुपाल्चोक निर्माण

फरक पत्रिका

मंगलबार, माघ २१ २०८२

राप्रपाका चौलागाईं भन्छन्–इन्जिनियरिङको अनुभवबाट विकाससँगै समृद्ध सिन्धुपाल्चोक निर्माण

सिन्धुपाल्चोक । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट फाुग २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिन्धुपाल्चोक २ का उम्मेदवार ई. गोपिकृष्ण चौलागाईंले इन्जिनियरिङ अनुभवबाट विकासको खाका ल्याई समृद्ध सिन्धुपाल्चोक निर्माणका लागि आफू चुनावी मैदानमा ओर्लिएको बताएका छन् । चुनावी अभियानअन्तर्गत घरदैलो अयिानमा रहेको चौलागाईंले पदका लागि राजनीतिमा आएको नभई परिवर्तनका लागि काम गर्न उम्मेदवारी दिएको बताएका हुन् ।
‘मैले इन्जिनियरिङ् पढेँ, प्रविधि र व्यवस्थापनमा काम गरेँ,’ उनी भन्छन्, ‘समस्या देखेपछि डिजाइन बनाउने, समाधान खोज्ने र परिणाम निकाल्ने मेरो बानी र काम हो ।’ उनले आफ्नो उम्मेदवारीबारे प्रष्ट भनेका छन्, ‘तत्काल आएको समस्या लाई सहि रूपमा पहिचान गरि छोटो समयमै समाधान दिने मेरो बानी छ । आज हाम्रो क्षेत्र र देशलाई चाहिएको पनि यही हो ।’ उनले यी समस्याबाट भागेर होइन सामना गरेर समाधान गर्न म उम्मेदवार बताए ।
देशमा ईमान्दार, सक्षम र काम गरेर देखाउने नेतृत्वको आवश्यकता रहेको औंल्याउँदै उनले यो पटकको निर्वाचनमा आफूलाई जिताउन मतदातालाई अनुरोध गरे । ‘युवाहरू विदेशिन बाध्य छन्, किसानले मूल्य पाएका छैनन्,’ चौलागाईंले भने, ‘शिक्षा र स्वास्थ्य महँगो छ र राज्यप्रति जनताको भरोसा कमजोर हुँदै गएको छ ।’ संसदमा आफ्नो उपस्थिति युवाको मनको चाहना र अहिलेको बाध्यतालाई समाधान गर्नका लागि भएको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित