सिन्धुपाल्चोक २ का सबै वडामा एमालेको निर्वाचन कार्यालय सञ्चालन

सिन्धुपाल्चोक २ का सबै वडामा एमालेको निर्वाचन कार्यालय सञ्चालन

फरक पत्रिका

मंगलबार, माघ २१ २०८२

सिन्धुपाल्चोक २ का सबै वडामा एमालेको निर्वाचन कार्यालय सञ्चालन

सिन्धुपाल्चोक । नेकपा एमालेले आउँदो फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलक्षित अभियानलाई तीव्रता दिएको छ । अभियानसँगै प्रतिनिधिसभा क्षेत्र नं २ का सबै वडामा निर्वाचन परिचालन कमिटी अन्तर्गत वडा स्तरीय निर्वाचन कार्यालयसमेत सञ्चालनमा ल्याएको हो ।
कार्यालयल औपचारिक रुपमा सञ्चालनमा ल्याएसँगै पार्टीले चुनावी माहोललाईसमेत तीव्र पारेको छ । एमालेका उम्मेदवार शेरबहादुर तामाङ अहिले घरदैलो अभियानमा व्यस्त छन् । हरेक मतदातालाई भेटेर मत आफ्नो पक्षमा पार्न उनी लागेका हुन् । सबै वडामा निर्वाचनलक्षित कार्यालय स्थापना भएपछि चुनावी गतिििवधिलाई थप सधाउ पुग्ने एमलेले जनाएको छ ।

एमाले प्रतिनिधिसभा क्षेत्र नं २ मा निर्वाचन परिचालन समितिको संयोजक हस्त बहादुर पण्डित यसअघि नै तोकिएको छ ।
पण्डितका अनुसार प्रत्येक वडामा स्थापना गरिएका कार्यालयमा पार्टीका वडा कमिटी संयोजकसहित सम्बन्धित भूगोलमा रहने केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्य, प्रदेश कमिटी, जिल्ला र नगर कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई जिम्मेवारी तोकिएको छ।
वडा स्तरमा स्थापना गरिएका कार्यालयले त्यस क्षेत्रभित्र हुने पार्टीका सबै निर्वाचनसम्बन्धी गतिविधिको व्यवस्थापन गर्नेछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित