सिन्धुपाल्चोक । नेपाली कांग्रेसका तर्फबाट सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बंशलाल तामाङले हिजाेका दिनमा सयौं गाडी गुडाएर प्रचार गर्ने शैलीले जनताको कति मन जित्न सक्यो यसको पनि समिक्षा गर्न आवश्यक रहेको बताएका छन् । उनले देश बदल्न आफू बदलिनुपर्ने र आफू बदल्न निर्वाचन प्रचार शैली बदल्नुपर्ने बताए ।
उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै तामाङले सबै काम आवेग र देखासिकीमा हुने भएकाले परिवर्तन पछि परेकाे भनाइ राखे । ‘देश परिवर्तन गर्न सोच र कार्यशैली दुवै परिवर्तन गर्न आवश्यक छ,’ उनले भने, ‘ सोच परिवर्तनका लागि नेपाली कांग्रेसलाई विजयी बनाउनुपर्छ ।’ उनले कांग्रेस रूपान्पक्षमा गएकाे उल्लेख गर्दै कांग्रेसले जितेमा देशलाई हराभरा र समृद्ध बनाउन सकिने बताए । सम्भव भएसम्म अहिले कांग्रेस निर्वाचनको प्रचार गर्ने शैली बदल्ने रहेकाे जनाउँदै अघिललला निर्वाचनको तडकभडक शैलीबारे समीक्षा जरूरी रहेकाेमा उनले जाेड दिए ।
साथै, निर्वाचित भएर गएका प्रतिनिधिहरूले जनताको कति काम गर्न सके भन्ने विषयमा पनि गम्भीर समीक्षा हुनुपर्ने उनले बताए ।
कार्यक्रममा तामाङले भावी प्रधानमन्त्रीका रूपमा चित्रित कांग्रेस नेता गगन थापाको पनि चर्चा गरे । उनले गगन थापा देशभर कांग्रेस जिताउने अभियानमा सक्रिय रहेको र आफ्नो निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नम्बर ४ छोडेर तराईको सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएको उदाहरण प्रस्तुत गरे ।