सिन्धुपाल्चोक । फागुन २१मा हुने प्रतिनिधि सभा निर्वाचनमा सिन्धुपाल्चोकको क्षेत्र नं २ मा १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सिन्धुपाल्चोक– २ बाट १५ जनाले विभिन्न दलबाट र ३ जनाले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन् ।
उम्मेदवारी दिएर निर्वाचन चिह्न पाएपछि अहिले उम्मेदवारहरु मतदातासामू पुगिसकेका छन् । यसैबीच निर्वाचन आयोगले उम्मेदवारको व्ैयक्तिक विवरणसहितको सूचीसार्वजनिक गरेको छ । जसमा नाम, थर, ठेगाना, बाबुआमा, पतिपत्नीको नाम समावेश छ । सो सूचीमा जन्ममिति, आफू आवद्ध पार्टीको नाम, चुनाव चिह्न रहेको छ । अन्तिम चार वटा भर्नुपर्ने शैक्षिक योग्यता, योग्यता हासिल गरेको स्थान, आफ्नो अनुभव र उम्मेदवारले उल्लेख गर्न चाहेको अन्य विवरण भर्नुपर्ने सूचीमा उल्लेख छ ।
आयोगले सार्वजनिक गरेको यही व्यक्तिगत सूचीका आधारमा हामीले सिन्धुपाल्चचोक क्षेत्र नं २ का उम्मेदवारको शैक्षिक योग्यताबारे तपाईंहरुलाई जानकारी दिनेछौं ।
प्रतिनिधिसभा निर्वाचन २०८२, सिन्धुपाल्चोक क्षेत्र नं २ मा उम्मेदवारी दर्ता गराएका उम्मेदवारी दर्ता गराएकाको आयोगले सार्वजनिक गरेको शैक्षिक योग्यता यसप्रकार छ ।
१।युवराज दुलाल शरद- नेपाली कम्युनिष्ट पार्टी – मास्टर्स
२।वंशलाल तामाङ – नेपाली काँग्रेस- एम ए
३।शेरबहादुर तामाङ – नेकपा एमाले – मास्टर्स
४।झलक कुमार श्रेष्ठ अजय – राष्ट्रिय स्वतन्त्र पार्टी -एसएलसी
५।गोपीकृष्ण चौलागाइँ – राष्ट्रिय प्रजातन्त्र पार्टी – इन्जििनयर
६।रामसिङ तामाङ -उज्यालो नेपाल पार्टी – एसएलसी
७।कर्णवीर स्याङ्बो लामा- मंगोल नेशनल अर्गानाइजेशन – साक्षर
८।भानु श्रेष्ठ – श्रम सँस्कृति पार्टी- एसएलसी
९।म्हेन्दो तामाङ- नेपाल मजदुर किसान पार्टी – स्नातक
१०।गणेश श्रेष्ठ -आमजनता पार्टी- सामान्य लेखपढ
११।दावा छिरिङ शेर्पा – संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च -१० पास
१२।दीपक ढकाल- स्वतन्त्र – HSEB
१३।महेश कुवँर- मितेरी पार्टी नेपाल – १० पास
१४।मिङ्मार तामाङ -राष्ट्रिय मुक्ति पार्टी -ब्याचलर
१५। बिजु श्रेष्ठ – स्वतन्त्र – पिएचडी इन इलेक्टिकल इन्जििनियर
१६। सुन्दर अधिकारी – स्वतन्त्र – उपलब्ध छैन
१७। सेरबहादुर तामाङ – नागरिक सर्वोच्चता पार्टी नेपाल – एसएलसी
१८। सोमान लामा( नेपाल कम्युनिस्ट पार्टी (माओवादी)- एसएलसी