जब शेरबहादुरले बारा जिल्ला लेखेर भोट मागे अनि खेपे चर्को आलोचना, के थियो स्टाटस ?

जब शेरबहादुरले बारा जिल्ला लेखेर भोट मागे अनि खेपे चर्को आलोचना, के थियो स्टाटस ?

फरक पत्रिका

शनिबार, माघ ११ २०८२

जब शेरबहादुरले बारा जिल्ला लेखेर भोट मागे अनि खेपे चर्को आलोचना, के थियो स्टाटस ?

सिन्धुपाल्चोक । फागुन २१ मा हुने प्रतिनिधि सभाकाे निर्वाचन झन् झन् नजिकदैं गर्दा सिन्धुपाल्चोक क्षेत्र नं २ का एक उम्मेदवारले भाेट माग्दै अर्कै जिल्लाकाे नाम राखे त्याे पनि आफ्नै फेसबुक पेजमा । उनी थिए नेकपा एमालेबाट चुनावी मैदानमा उत्रिएका उम्मेद्वार शेरबहादुर तामाङ ।
सामाजिक सञ्जालमा अहिले याे सानाे गल्तीकाे चर्चा चुलिएको छ आलोचना भएर । साँझ ७ बजेर १२ मिनेटमा उनले लेखेको स्टाटसमा आफ्नो जिल्ला सिन्धुपाल्चोक हुनुपर्नेमा लेखिदिए ‘सुखी र समृद्ध बारा बनाउने साझा सपना पूरा गरेरै छाड्नेछौं’ ।
सामाजिक सञ्जालमा आलाेचना हुन थालेपछि उनले जिल्लाकाे नाम सच्चाए बाराकाे ठाउँमा सिन्धुपाल्चोक । तर, गल्ती यत्तिमै सिमित भएन किनकी स्टाटसमा दुई ठाउँमा जिल्लाकाे नाम थियाे । उनले एउटामा मात्रै सच्याए   ७ बजेर ३९ मिनेटमा ।
८ बजेर ४४ मिनेटमा एडिट भएको स्टाटसमा मात्रै उनले दुवै बारा शब्द हटाएर सिन्धुपाल्चोक बनाए । अहिले अधिकांश प्रतिक्रिया छ “बाराकाे चिन्ता किन लिनुहुन्छ ?”
अधिकांशले यसलाई आफैंले लेख्न नसकेर कपीपेष्ट गरेकाे प्रतिक्रिया दिईरहेका छन्  ।उनले सञ्जालमा उनले आफूलाई एकजना वृद्ध आमाले टिका लगाउँदै गरेको तस्वीर राखेर स्टाटस लेखेका थिए ।
अहिले उम्मेदवारी दर्ता गराएसँगै उम्मेदवारहरू जनताका घर घरमा भोट माग्दै पुग्न थालेका छन् । याे सँगै डिजिटल युग भएकै कारण उम्मेदवार आफैंले आफ्नाे प्रचार पनि गरिरहेका छन् । तामाङको सानाे गल्तीले आलाेचना खेप्नुपरेको छ ।
अहिले उम्मेदवारहरू सामाजिक सञ्जालदेखि जनताका दैलोसम्म भोट माग्न व्यस्त छन् । यो क्षेत्रमाउनीसँगै नेकपाबाट युवराज दुलाल, कांग्रेसबाट वंशलाल तामाङ, राप्रपाबाट गाेपीकृष्ण चाैलागाई र रास्वपाबाट अजय श्रेष्ठ प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित