नयाँ काम गर्ने हुटहुटीले चुनावी मैदानमा आएँ- वंशलाल तामाङ

नयाँ काम गर्ने हुटहुटीले चुनावी मैदानमा आएँ- वंशलाल तामाङ

फरक पत्रिका

शनिबार, माघ ११ २०८२

नयाँ काम गर्ने हुटहुटीले चुनावी मैदानमा आएँ- वंशलाल तामाङ

सिन्धुपाल्चोक । नेपाली कांग्रेसकाे तर्फबाट प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक -२ का उम्मेदवार वंशलाल तामाङले नयाँ काम गर्ने हुटहुटीले आफू निर्वाचनमा होमिएको बताएका छन् । इन्द्रावती गाउँपालिकाका पूर्व अध्यक्षसमेत रहेका तामाङले सामाजिक सञ्जाल फेसबुकमा निर्वाचनलक्षित भनाइ राख्दै यस्ताे बताएका हुन् ।
‘सिन्धुुपाल्चाेककाे माटाे चिनेकाे छु, केही नयाँ काम गर्ने हुटहुटी छ । ‘ उनले भनेका छन, ‘निर्वाचन केवल अनुहार फेर्ने माध्यम होइन, यो त कार्यशैली र नतिजा फेर्ने अवसर हो।’
उनले भनेका छन् ”सुशासन कायम, संसारभरिबाट सिकेको विकासको मोडल नेपालमा लागू गर्ने र हालको मोडललाई परिवर्तन गर्ने मेरो मुख्य प्राथमिकता हुन्। सिन्धुपाल्चाेक-२ को विकास र राष्ट्रिय नीति निर्माणमा मेराे भिजन समावेश गर्न म चुनावी मैदानमा छु ।’ सम्पूर्ण मतदातमा साथ सहयाेगकाे अपेक्षा गरेकाे उनले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित