सिन्धुपाल्चोकमा भाेलि(आइतबार) पनि निर्वाचन प्रहरीमा दरखास्त दिन पाइने

सिन्धुपाल्चोकमा भाेलि(आइतबार) पनि निर्वाचन प्रहरीमा दरखास्त दिन पाइने

फरक पत्रिका

शनिबार, माघ ११ २०८२

सिन्धुपाल्चोकमा भाेलि(आइतबार) पनि निर्वाचन प्रहरीमा दरखास्त दिन पाइने

सिन्धुपाल्चोक । निर्वाचन प्रहरीमा सर्वसाधारणको आकर्षण न्यून देखिएको छ।सिन्धुपाल्चोकमा मागभन्दा कम दरखास्त परेपछि दरखास्त दिने म्याद लम्बाइएको हो ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार आइतबारसम्म दरखास्त दिन सकिनेछ । माग संख्या अपुग भएपछि दोस्रोपटक म्याद थपिएको हो ।
काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछापलगायत विभिन्न पहाडी जिल्लामा मागभन्दा कम उत्तीर्ण भएका छन्। परीक्षा सकिएपछि ती जिल्लामा निर्वाचन प्रहरीका लागि फेरि दुई दिनको समय दिएर दरखास्त आह्वान गरिएको छ। माघ १० र ११ गतेसम्म आवेदन दिन सक्ने गरी समय थप गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित