कांग्रेस विशेष महाधिवेशन पक्षधरले निर्वाचन आयोगमा बुझायो ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर

कांग्रेस विशेष महाधिवेशन पक्षधरले निर्वाचन आयोगमा बुझायो ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर

फरक पत्रिका

मंगलबार, पौस २९ २०८२

कांग्रेस विशेष महाधिवेशन पक्षधरले निर्वाचन आयोगमा बुझायो ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर

णकाठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पक्षधरले प्रतिनिधिको हस्ताक्षर निर्वाचन आयोगमा बुझाइसकेको खुलेको छ। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाइएको हो ।
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिन्छ कि दिँदैन भन्ने अहिले चासाे र चर्चाकाे विषय बनेकाे छ । जारी विशेष महाधिवेशनबाट पुरानो कार्यसमिति भंग गरेर नयाँ चयन गर्ने तयारी भएकाले कांग्रेसका सभापति शेरबहादुर देउवा  पक्षधर नेताहरूले जारी विशेष महाधिवेशनलाई ‘अवैधानिक’ भन्दै आएका छन्।
पुस १६ गते विशेष महाधिवेशन पक्षधरहरूले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ अनुसार सभापति, कार्यवाहक सभापति र केन्द्रीय कार्य समितिलाई निर्देशन दिन माग गर्दै आयोगलाई पत्र लेखेका थिए।
आयोगले भने त्यसमा कुनै जबाफ दिएको थिएन।
त्यसको केही दिनपछि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर पनि बुझाइएको आयोगका एक अधिकारीले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित