रास्वपाकाे समानुपातिक सूचीमा व्यापक हेरफेर, सिन्धुपाल्चोकका प्रमाेदकाे स्थान कहाँ ?

रास्वपाकाे समानुपातिक सूचीमा व्यापक हेरफेर, सिन्धुपाल्चोकका प्रमाेदकाे स्थान कहाँ ?

फरक पत्रिका

सोमबार, पौस २८ २०८२

रास्वपाकाे समानुपातिक सूचीमा व्यापक हेरफेर, सिन्धुपाल्चोकका प्रमाेदकाे स्थान कहाँ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो बन्दसूचीमा नाम हेरफेर गरेकाे छ । खसआर्य पुरुषमा व्यापक हेरफेर हुँदा महिलामा यथावत् भएकाे जनाइएको हो ।
पाचौं स्थानमा रहेका रमेश प्रसाईं फड्को मार्दै शीर्षस्थानमा उक्लिएका छन् ।
यसअघि शीर्षस्थानमा विपिन आचार्य थिए । उनले नाम फिर्ता लिएपछि शीर्ष स्थानमा प्रसाईं पुगेका हुन् । त्यस्तै दोस्रो स्थानमा रहेका सचिन खनालकाे पनि नाम हटेकाे छ । काठमाडौंमा मेयर।बालेनकाे तर्फबाट सूचीमा परेका उनकाे कम उमेरका कारण नाम हटेकाे हाे । यस्ताे हुँदा यसअघि तेस्रो स्थानमा रहेका सुदीप ढकाल दोस्रोमा उक्लिए ।
हेरफेर हुँदा सिन्धुपाल्चोकका प्रमाेद न्यौपाने तेस्रोमा पुगेकाे रास्वपा स्राेतले जनाएको छ । सभापति रवि लामिछानेका विश्वासपात्र प्रमाेद पत्रकारिता पेशाबाट रास्वपाका नेता भएका थिए । सिन्धुपाल्चोक सुनकाेशी गाउँपालिकाका उनले समानुपातिकमा खस आर्य पुरुषतर्फ दोस्रो सर्वाधिक मत ल्याएका थिए । रविकाे काेर टिममा रहेका मानिने उनी रास्वपाभित्र लोकप्रिय युवा अनुहारमा पर्छन् ।
स्रोतका अनुसार खस आर्य महिलातर्फ भने खासै हेरफेर भएको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित