मधेशमा मुख्यमन्त्री विवादमा कुटिए कर्मचारी

मधेशमा मुख्यमन्त्री विवादमा कुटिए कर्मचारी

फरक पत्रिका

सोमबार, कार्तिक २५ २०८२

मधेशमा मुख्यमन्त्री विवादमा कुटिए कर्मचारी

काठमाडौं । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर विवाद बढेको छ । विवाद उत्कर्षमा पुगेपछि असन्तुष्ट दलका नेता–कार्यकर्ताहरुले कर्मचारीमाथि हातपात समेत गरे ।
असन्तुष्ट दलका नेता–कार्यकर्ताहरुले प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयमा तोडफोड गर्दै कार्यकक्षमा रहेका कर्मचारीमाथि समेत कुटपिट गरेका हुन् । साे भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको  छ ।
एक भिडियोमा फाइल जोगाउन खोजिरहेका एक पुरुष कर्मचारीमाथि भिडले आक्रमण गरेको देखिन्छ । उनलाई मुक्काले हानेपछि फाइल भुइँमा खसेको र अर्को सहकर्मीले उनलाई भीडबाट निकालेको दृश्य देखिन्छ ।
विवादपछि मधेश भवन अगाडि प्रदर्शनकारीहरूले टायर बालेर आक्रोश प्रकट गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2025 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित