जेनजी आन्दोलनमा ज्यान गुमाएका सिन्धुपाल्चोकका योगबहादुर र उमेशसहित ४५ जनालाई शहीद घोषणा

जेनजी आन्दोलनमा ज्यान गुमाएका सिन्धुपाल्चोकका योगबहादुर र उमेशसहित ४५ जनालाई शहीद घोषणा

फरक पत्रिका

मंगलबार, कार्तिक १९ २०८२

जेनजी आन्दोलनमा ज्यान गुमाएका सिन्धुपाल्चोकका योगबहादुर र उमेशसहित ४५ जनालाई शहीद घोषणा

काठमाडौं । सरकारले नेपालको राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखी जेनजी पुस्ताद्वारा २०८२ भदौ २३ र २४ गते गरिएको प्रदर्शनका क्रममा काठमाडौंलगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिहरूलाई राज्यको तर्फबाट शहीद घोषणा गरेको छ । सिन्धुपाल्चोकका दुई युवासहित ५ लाई शहीद घोषणा गरिएको हो ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो ।

जेनजी आन्दोलनमा मारिएकामध्ये सरकारले घोषणा गरेका ४५ जना शहीद

१. बुद्धिबहादुर तामाङ किर्तिपुर-२ काठमाडौं

२. सन्तोष बिश्वकर्मा बेलका-४ उदयपुर

३. सुलभ राज श्रेष्ठ नेपालगञ्ज-१ बाँके

४. श्रीयम चौलागाई बेलबारी-११ मोरङ

५. ईस्वत बहादुर अधिकारी कामपा-११ काठमाडौं

६. आयुष थापा नेपालगन्ज-१ बाँके

७. गौरब जोशी धनगढी-५ कैलाली

८. योग बहादुर श्रेष्ठ बारविसे-६ सिन्धुपाल्चोक

९. माधव सारू मगर भूमिकास्थान-४ अर्घाखाँची

१०. बिमल बाबु भट्ट बारपाक सुलिकोट-५ गोरखा

११. असहाव आलम ठकुराई विरगंज-१२ पर्सा

१२. सौरन किशोर श्रेष्ठ बाग्लुङ-४ बाग्लुङ

१३. सुभाष कुमार बोहरा खप्तडछान्ना-७ बझाङ

१४. रसिक खतिवडा खत्री पनौति-१० काभ्रे

१५. बिनोद महर्जन ललितपुर-७ ललितपुर

१६. दिल नारायण तामाङ तिमाल-७ काभ्रे

१७. योगेन्द्र न्यौपाने गोलान्जोर-१ सिन्धुली

१८. अभिषेक श्रेष्ठ इनरुवा नपा-६ सुनसरी

१९. मोहन सरदार इटहरी-१४ सुनसरी

२०. छत्रमान कुथुमी पाख्रिबास-२ धनकुटा

२१. ओझन बुढा स्वामि कार्तिक खापर-२ बाजुरा

२२. साजन राई धरान-२२ सुनसरी

२३. अनिश पराजुली पालुङटार-३ गोरखा

२४. सारकुमार राईचौदन्डीगढी-३ उदयपुर

२५. अर्जुन भट्टगण्डकी-४ गोर्खा

२६. धिरज श्रेष्ठ तादी-३ नुवाकोट

२७. देव कुमार सुवेदी लालबन्दी-५ सर्लाही

२८. उमेश महत चौतारा साँगाचोकग-८ सिन्धुपाल्चोक

२९. प्रविण कुलुङ सिलिचुङ-३ संखुवासभा

३०. निखिता गौतम कालिका-८ चितवन

३१. अभिषेक चौलागाई शैलुङ-४ दोलखा

३२. बिजय चौधरी लहान-१५ सिरहा

३३. भिम राज धामी दुर्गाथली-१ बझाङ

३४. निरज पन्त दशरथ-६ बैतडी

३५. दीपक सिंह साउद शिवनाथ-२ बैतडी

३६. शुभराज बलामी श्रेष्ठ ककनी-१ नुवाकोट

३७. ज्ञानिन्द्र सेढाई अर्जुनधारा-११ झापा

३८. दिनेश राजवंशी अर्जुनधारा झापा

३९. कमल भण्डारी हिलिहाङ-२ पाँचथर

४०. दिपेश सुनुवार तिनपाटन-६ सिन्धुली

४१. महेश बुढाथोकी विगु-३ दोलखा

४२. लच्छुमान राई पञ्चकन्या-२ नुवाकोट

४३. मिलन राय दुधौली-८ सिन्धुली

४४. अमृत गुरुङ रुपा-५ कास्की

४५. उत्तम थापा लेकाम-३ दार्चुला

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2025 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित