काठमाडौं । फागुन २१ गते हुने निर्वाचनका लागि दल दर्ता गर्ने मिति तोकिएको छ। निर्वाचन आयोगले कार्यतालिका स्वीकृत गर्दै मंसिर १ देखि १० गतेसम्मका लागि मिति तोकेको हो।
प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचन घोषणा गरेकी थिइन्।
कार्यतालिकाअनुसार पहिलो हुने निर्वाचन प्रणालीका लागि माघ २ देखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ । फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुनेछ भने फागुन १८ देखि प्रचारप्रसार निषेध अवधि लागू हुनेछ।
त्यस्तै, निर्वाचनको दिन फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ र मतपेटिका संकलनपछि मतगणना सुरू गरिनेछ।
समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पुस १८–१९ गते बन्दसूची पेस हुने कार्यक्रम छ।