स्थानीय तहको निर्वाचन वैशाख ३० गते

स्थानीय तहको निर्वाचन वैशाख ३० गते

फरक पत्रिका

सोमबार, माघ २४ २०७८

स्थानीय तहको निर्वाचन वैशाख ३० गते

काठमाडौँ – सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ ।अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचनको मिति तय गरेको हो ।

निर्वाचन एकै चरणमा गर्ने निर्णय भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका आयुक्तहरूसँग स्थानीय चुनावबारे छलफल गरेका थिए ।  आयोगले जेठ ४ गते स्थानीय निर्वाचन मिति प्रस्ताव गरेको थियो ।

यस्तै सत्तारूढ गठबन्धनका नेताहरूको बैठकले पनि जेठमा स्थानीय चुनाव गर्ने समझदारी गरेका थिए। ५ जेठमा स्थानीय तहको अवधि सकिँदै छ। त्यसको दुई महीनाअघि निर्वाचन गर्नुपर्ने कानूनी व्यवस्था छ। २०७४ मा तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित