सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकाेशी गाउँपालिकाकाे भवन तोडफोड भएको छ । माथिल्लो भोटेकोसी पावर कम्पनी हाइड्रोपावरले दिनुपर्ने सेयरको विषयमा विवाद चर्कंदा स्थानीयद्वारा भोटेकोसी गाउँपालिकामा तोडफोड गरिएको हो ।
विवाद चर्किंदै जाँदा आक्रोशित भीडले पालिका भवनमा ढुंगामुढा गरेर क्षति पुर्याए । बैठक छोडेर जनप्रतिनिधि र हाइड्रोपावरका प्रतिनिधि भागेका छन् । धकेलाधकेल हुँदा दुईजना सामान्य घाइतेसमेत भएका छन् ।
४६ मेगावाट क्षमताको माथिल्लो भोटेकोसीले विद्युत उत्पादन गरेको दुई दशक हुँदा पनि स्थानीयलाई सेयर नदिएपछि सेयरको विषयलाई लिएर भोटेकोसीमा विवाद बढेको हो ।