काठमाडौं । जेनजीको मंगलबारको प्रदर्शनका क्रममा आक्रमण हुँदा दुई प्रहरीको मृत्यु भएको छ। प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको मृत्यु भएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले दुई प्रहरीको मृत्यु भएको पुष्टि गरे ।
मृत्यु हुनेका नाम र दर्जा भने अहिले खुलाइएको छैन ।
प्रहरीहरु सम्पर्कविहीन छन् । उनीहरु सम्पर्कमा आएका छैनन् । देशका विभिन्न स्थानबाट केही प्रहरीहरु बेपत्ता भएका हुन् । प्रहरीका अनुसार बाँकी कहाँ कति प्रहरीको मृत्यु भयो भन्नेबारे अहिलेसम्म यकिन विवरण आएको छैन ।