दिपमण्डला क्‍लबद्वारा स्वास्थ्य सामग्री वितरण

दिपमण्डला क्‍लबद्वारा स्वास्थ्य सामग्री वितरण

फरक पत्रिका

सोमबार, माघ २४ २०७८

दिपमण्डला क्‍लबद्वारा स्वास्थ्य सामग्री वितरण

काठमाडौं-बुढानिल्कण्ठ नगरपालिका वडा नं. १० रहेको दिप मण्डला युवा क्लबले कोभिड–१९ विरुद्धको अभियान सञ्चालन गरेको छ । आइबार क्लबले विभिन्न स्थानहरुमा सर्वसाधारणलाई मास्क र सेनीटाइजर वितरण गरेर साे अभियान सञ्चालन गरेको हो ।

क्लबका सचिव प्रदिप मैनालीकाअनुसार सो अभियान कपनको साततलेबाट सुरु गरि नारायणचोक, पञ्चकुमारी चोक, मिलनचोक, शिव मन्दिर वडा कार्यालय, बिबेकचोक हुँदै नारायणचोकमा पुगेर समापन गरेको थियो । सो क्रममा २५ भन्दा बढी मास्क र २ हजार पिस भन्दा बढी सेनीटाइजर वितरण गरेको सचिव मैनालीले जानकारी दिए ।

कोभिड–१९ संक्रमण रोकथामको लागि नागरिक सचेतनाको लागि यो अभियान सञ्चालन गरेको मैनालीले बताए । रगत अभावका कारण कैयौंको ज्यान जाने गरेकोले भावी दिनहरुमा कपनमा रहेका विभिन्न सामाजिक संघसंस्थासँग मिलेर ब्लड बैंकको स्थापना गर्ने क्लबको योजना रहेको उनले बताए ।

अभियान कै क्रममा वडा अध्यक्ष भट्टराईले युवाहरुको काममा आफ्नो सधैंभरि सहयोग रहने बताउँदै युवाहरुको सकारात्मक कामको प्रसंशा समेत गरे । अभियानमा वडाल अध्यक्ष भट्टराई, क्लबका अध्यक्ष राजन श्रेष्ठ लगायत क्लबका मेम्बरहरुको उपस्थित रहेको थियो । यस अघि पनि क्लवले यहि लक्ष्मी पुजाकाे दिन उद्घाटन भएकाे यश क्लबले उद्घाटन भएकाे दिनदेखि कुलतमा फसेका युवाहरुलाई सकारात्मक तालिम दिने देखि सरसफाइ लगायत कामहरु गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित