सिन्धु माओवादीको जिल्ला भेला आज, संयोजक र सचिवमा यी नेताको छ दाबी ?

सिन्धु माओवादीको जिल्ला भेला आज, संयोजक र सचिवमा यी नेताको छ दाबी ?

फरक पत्रिका

सोमबार, साउन २७ २०८२

सिन्धु माओवादीको जिल्ला भेला आज, संयोजक र सचिवमा यी नेताको छ दाबी ?

सिन्धुपाल्चोक । नेकपा (माओवादी केन्द्र) सिन्धुपाल्चोक जिल्ला समन्वय समितिको पहिलो भेला सोमबार (आज) हुँदैछ । जिल्ला सदरमुकाम चौतारामा हुने पहिलो भेलाको उद्घाटन सत्रलाई पार्टी केन्द्रीय सचिव तथा वाग्मती प्रदेश इन्चार्ज हितमान शाक्यले गर्नेछन् ।

पार्टीको जिल्ला समन्वय समितिको पहिलो भेला हुन लागेको हो । आजको भेलाले जिल्ला संयोजक र सचिव चुन्नेछ । भेलामा जिल्लाभरबाट भेलामा करिब दुई सय पार्टीका प्रतिनिधिहरु सहभागी हुनेछन् । भेलामा जिल्लाका १२ वटै स्थानीय तहका अध्यक्षहरूले आफ्नो–आफ्नो क्षेत्रगत संगठनात्मक प्रतिवेदन  प्रस्तुत गर्नेछन् ।

सिन्धु माओवादीको यो भेलाबाट संयोजक र सचिवका लागि धेरै नेताहरुले आकांक्षा राखेका छन् । हाल संयोजक रहेका गोविद्यन पराजुलीसहित पाँच नेताले संयोजकका लागि दाबी गरेका छन् । आकांक्षा राख्नेमा उनीसहित उद्वन आलेमगर, चिरञ्जीवी आचार्य, चन्द्र सापकोटा र गणेश विक रहेका छन् ।

आलेमगर हालका सचिव हुन् । त्यसैले आफ्नो दाबी रहेको उनको भनाइ छ । आचार्य २०७४ को थानीय निर्वाचनमा इन्द्रावती गाउँपालिकाको अध्यक्षका प्रत्यासी हुन् । सापकोटा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रम्ुखका सल्लाहकार हुन् भने विक जिल्ला स्कुलिङ विभागको प्रमुख रहेर निकै क्रियाशील रहेर काम गरेका व्यक्ति हुन् । संयोजकमा दावी प्रस्तुत गरेका पराजुली, आलेमगर, आचार्य, सापकोटा र विक सबै प्रदेश सचिवालय सदस्य हुन् ।

यस्तै जिल्ला समन्वयको सचिवमा टोपनाथ सापकोटा ( टिएन), उजारसिं तामाङ (समर), गंगाबहादुर तामाङ ( प्रवेश), राजु लामा ( राजु) र अम्बिका नेपाल ( भूमिका) ले दावी गरेका छन् । उनीहरू मध्ये सापकोटा सचिवालय र अरू सबै प्रदेश कमिटी सदस्य हुन ।

संघीय संरचना अनुसार जिल्ला समन्वय समितको संरचना १९९ सदस्य बन्नेछ । जसमा पालिका सचिव सम्मका पदाधिकारी पदेन सदस्य रहने छन् । प्रति पालिका ५ जना हँुदा ६० जना रहने जनाईएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित