नेपाल आइडलमा गंगा सोनामलाई जिताऔं-हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने ?

नेपाल आइडलमा गंगा सोनामलाई जिताऔं-हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने ?

फरक पत्रिका

बिहिबार, साउन २३ २०८२

नेपाल आइडलमा गंगा सोनामलाई जिताऔं-हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने ?

काठमाडौं । अहिले नेपालमा विभिन्न रियालिटी शोहरु चलिरहेको छ । त्यसमध्ये चर्चामा छ नेपाल आइडल सिजन-६।
यो सिजनमा अहिले उत्कृष्ट सात प्रतिष्पर्धी उपाधिका लागि मैदानमा छन् । तीमध्ये एक हुन् सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका १० की प्रतिभा गंगा सोनाम ।

बुबा ध्रुव र आमा सीता सोनामकी छोरी हुन् गंगा । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नं। १० बडहरे पाटी गाउँकी बासिन्दा हुन् गंगा ।
उनी अहिले कक्षा १२ सकेर बसेकी छन् । गाउँमै रहेको चण्डेश्वरी माध्यमिक विद्यालयबाट उनले कक्षा १२ पास गरेकी हुन् । अहिले केही महिनादेखि काठमाडौं बसोबास गर्ने गरेको उनको परिवारले जनाएको छ ।

सानैदेखि गीत गुन्गुनाउने गंगा काठमाडौ गएपछि नेपाल आइडलमा भाग लिन पुगेकी हुन् । उनका दाजु दिपेन्द्रले संगीतको घरभित्र लगेपछि त्यसलाई गायक रामकुमारी नेपालीले परिमार्जन गर्ने गरेका छन् । त्यहीकारण हो, गंगाको यहाँसम्मको यात्रा ।

उसो त गंगाका दाजु दिपेन्द्रले नै भनेका छन् कि गंगाको संगीतको गुरु नै नेपाली हुन् । अहिले गंगाको सामाजिक सञ्जालहरुम पनि गायक नेपालीले आफ्नो सीप उनको क्षमतामाथि प्रयोग गरेर गंगालाई तिखारिरहेको दृष्यहरु देख्न पाइन् ।

उनी अहिले चर्चामा छिन् । नहुनु पनि कसरी अर्गानिक श्वर, मिठास प्रस्तुतिले उनको ध्यान निर्णायकमा मात्रै हैन दर्शकहरुमा पनि निकै तानेको छ ।
सिन्धुपाल्चोकको शान, सधैं मिजासिलो मुस्कानका धनी गङ्गा सोनम अहिले नेपालकै प्रतिष्ठित गायन प्रतियोगिता नेपाल आइडल सिजन ६ मा टप ७ मा छनोट हुन सफल भएकी छिन । दर्शकको अथाह माया, परिवारको साथ र आफ्नै कडा मेहनतले गङ्गाले आज यो मुकाम हासिल गरेकी हुन्।

उनले टप ७ मा गला राउण्डमा अनुराधा पौडेलले गाउनु भएको तिन पाते डाँडा काटेर भन्ने गीतको बोलमा प्रस्तुति दिँदै निर्णायक र दर्शकहरुको मन जित्न सफल भएका थिइन् । प्रस्तुतिपछि उनको गीत मनपराउने देश र विदेशमा रहनुभएका दर्शकहरुलाई भोटको अपिल समेत गरिन् । उनलाई नेपाल वाट भोट गर्न ल्क्ष्NI05 टाइप गरि 37000 मा , Esewa वाट पनि गर्न सकिन्छ । साथै विदेशबाट भने मोमो एपस डाउनलोड गरी भोट गर्न सकिन्छ । अहिले सम्मका नेपालका टप रियालिटी सो मध्ये यो नै सिन्धुपाल्चोकको ठूलो उपलब्धि पनि मान्न सकिन्छ ।

सानैदेखि गीत–संगीतमा रुचि राख्ने गङ्गा विद्यालयका सांस्कृतिक कार्यक्रमदेखि सुरु गरेर आज राष्ट्रिय स्तरको मंचमा आफ्नो प्रतिभा देखाइरहेकी छिन्। उनको आवाजमा स्थानीयपनको मिठास, भावनाको गहिराइ र प्रस्तुतीको आत्मा छ । जुन कुरा दर्शक र निर्णायक दुवैले खुलेर प्रशंसा गरेका छन्।
गाउँले बुबा–आमाको आँखा नहुने खुशीलाई शब्दमा व्यक्त गर्न गाह्रो छ। हिजो मात्रै गङ्गा टप ७ मा पुग्दा गाउँभरि खुशीयाली छायो, गाउँको चोकमा टेलिभिजनमा उनको प्रस्तुति हेर्दा हाम्रा आँखाबाट आँशु बगिरहेको थियो – खुशीको आँशु । यो उनको गाउँमा मात्रै सिन्धु सिंगो सिन्धुपाल्चोकमा थियो । विश्वभर छरिएका उनका शुभचिन्तकमा थियो ।

तर गंगाको यत्रि मात्रै हैन नेपाल आइडलमा आउनुअघि नै आफ्नो अफिसियल गीत बजारमा आइसकेको पनि छ । उनको पहिलो गीत बेलबटम अहिले चर्चामा छ । गायक रामकुमार नेपाली, अमृत भारतीसँगै उनको स्वरमा रहेको गीत भारती पिक्चरले बजारमा ल्याएको छ । यो नै उनको रेकर्डिङ भएको पहिलो गीत रहेको उनका दाजु दिपेन्द्र सोनाम बताउँछन् ।

यो पनि पढ्नुहोस्

नेपाल आइडलबाट चर्चामा रहेकी सिन्धुचेली गंगा सोनाम को हुन्, कसरी लागिन् संगीतमा ? 

 

गङ्गालाई अझै अगाडि बढाउन हाम्रो सानो प्रयासले ठूलो अर्थ राख्छ । गाउँका छोराछोरीले पनि देख्न सकून् कि परिश्रम, सपना र हिम्मतले जुनसुकै उच्च स्थानमा पुग्न सकिन्छ।
यसर्थ अब हामी गंगामार्फत नेपाल आइडलको उपाधि सिन्धुपाल्चोक भित्र्याउन चाहन्छौं । यसका लागि उनलाई जतिसक्दो भोटको जरुरी छ । तपाईं हामी मनन गरौं हामीले नगरे कसले गर्ने अहिले नगरे कहिले गर्ने ?
र, त्यसैले ढिला नगरौं भोट गर्न । भोट मात्रै गरेर भएन साथीसंगी, आफ्न्तलाई पनि भोट गराउनु अहिलेको आवश्यकता हो । तपाईं हामी एउटा अभियान चालौं जसले गंगालाई टाइटल उपाधिको हकदार बनाओस् ।
गङ्गा सोनाम सिन्धुपाल्चोकको गौरव हुन् । आज पनि, भोलि पनि । नेपाल आइडलको उपाधि घर ल्याउने सपना हामी सबैको साझा सपना हो।

 


प्रतिक्रिया
सम्बन्धित समाचार

© 2025 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित