टेरामक्स प्रकरण : मोहन बस्नेतलाई २५ लाख धरौटी तोकियो

टेरामक्स प्रकरण : मोहन बस्नेतलाई २५ लाख धरौटी तोकियो

फरक पत्रिका

सोमबार, असार १६ २०८२

टेरामक्स प्रकरण : मोहन बस्नेतलाई २५ लाख धरौटी तोकियो

काठमाडौं । टेरामक्स प्रविधि खरिदमा अनियमितता भएको भन्दै विशेष अदालतले पूर्वसञ्चारमन्त्री मोहन बहादुर बस्नेतमाथि संलग्नताको प्रारम्भिक शंका गरेको छ। अदालतले पाँच आधार प्रस्तुत गर्दै बस्नेतसँग २५ लाख रूपैयाँ धरौटी माग गरेको हो। बस्नेत नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भई सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट विजयी भएका थिए ।

बस्नेतले कानुनविपरीत नेपाल दूरसञ्चार प्राधिकरणको वार्षिक कार्यक्रममा नयाँ व्यवस्था थपेको, आन्तरिक छलफलबिनै निर्देशन दिएको र गोपनीयता भंग हुने प्रविधि अघि बढाएको अदालतले औंल्याएको छ।

अख्तियारमा परेको उजुरी, लेखा समितिको निर्देशन र सञ्चालक समितिका सदस्यको बयान पनि आधारका रूपमा प्रस्तुत गरिएको छ।

यस प्रकरणमा हालसम्म १ अर्ब ११ करोडभन्दा बढी खर्च भइसकेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित