मेलम्चीको नीति तथा कार्यक्रम : के–के परे प्राथमिकतामा ?

मेलम्चीको नीति तथा कार्यक्रम : के–के परे प्राथमिकतामा ?

फरक पत्रिका

बुधबार, असार ११ २०८२

मेलम्चीको नीति तथा कार्यक्रम : के–के परे प्राथमिकतामा ?

मेलम्ची । आगामी आर्थिक वर्षका लागि सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाकाले नीति तथा कार्यक्रम सार्वजनिक गरी बजेट पेश गरेको छ । नगरपालिकाले आगामी आर्थिक वर्ष २०८,८३ का लागि कुल एक अर्ब ५३ करोड ९ लाख २३ हजार ५६२ रुपैयाँको बजेट विनियोजन गरेको हो ।

नगरप्रमुख तामाङले सभामा प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रम, उपप्रमुख उमा प्रधानले पेश गर्नुभएको आर्थिक विधेयक २०८२÷८३, विनियोजन विधेयक, न्यायिक समितिको प्रतिवेदन तथा लेखा समितिका संयोजक कृष्णमुरारी चौलागाईंले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदनलाई नगर सभाले सर्वसम्मतिले स्वीकृति दिएको हो।

नीति तथा कार्यक्रममा प्राथमिकता दिइएका क्षेत्रहरू
पूर्वाधार विकासः सडक निर्माण, ढल निकास प्रणाली, खानेपानी परियोजना र सार्वजनिक भवनहरू निर्माणमा उच्च प्राथमिकता ।
शिक्षा क्षेत्रः विद्यालय भवन मर्मत, डिजिटल शिक्षा प्रवद्र्धन र छात्रवृत्रि कार्यक्रम विस्तार ।
स्वास्थ्य सेवाः स्वास्थ्य संस्थाहरूको सुधार, मातृशिशु स्वास्थ्य कार्यक्रम र स्वास्थ्य जनशक्ति विस्तार ।
कृषि तथा पशुपालनः आधुनिक कृषि उपकरण वितरण, व्यवसायिक खेती प्रवद्र्धन तथा पशुपालनमा प्रोत्साहन कार्यक्रम ।
पर्यटन प्रवद्र्धनः मेलम्ची क्षेत्रका पर्यटकीय सम्भावनाहरूको पहिचान, आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकास ।
रोजगार तथा उद्यमशीलताः युवा लक्षित स्वरोजगार कार्यक्रम, सिपमूलक तालिम तथा सहकारी संस्थामार्फत लगानी प्रवाह ।
डिजिटल मेलम्चीः सेवा प्रवाहमा प्रविधिको प्रयोग, नगरपालिकाका सेवा प्रणाली डिजिटलाइजेसन ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित