मेलम्ची । मेलम्ची नगरपालिकामा सुविधायुक्त नगर अस्पताल ठडिएको छ ।
१५ शय्याको अस्पताललाई प्रादेशिकस्तरको २५ शय्याको अस्पताल बनाइन नयाँ भवन निर्माण गरिएको नगरपालिकाले जनाएको छ । दुईतले भवनका लागि १५ करोड रुपियाँ सङ्घीय सरकारको बजेटबाट आएको हो ।
अस्पतालको भवन निर्माण सम्पन्न भएकाले अबको केही दिनमा उक्त अस्पतालबाट विशेषज्ञसहितको स्वास्थ्य सेवा प्रदान गरिने छ ।
अस्पतालमा शल्यव्रिmया, प्रसूति सेवा, जनरल स्वास्थ्य सेवा, दन्त सेवा, हाडजोर्नीलगायतका सम्पूर्ण स्वास्थ्य सेवा प्रदान गरिने छ ।
उक्त अस्पतालबाट मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका, इन्द्रावती गाउँपालिकालगायत काभे्रपलाञ्चोक जिल्लाकाले समेत स्वास्थ्य सेवा पाउने मेलम्ची नगरप्रमुख आइतमान तामाङले जानकारी दिए ।