नेपालमा बढ्दै कोरोनाको जोखिम, भारतमा दुई दिनमा २१ को मृत्यु

नेपालमा बढ्दै कोरोनाको जोखिम, भारतमा दुई दिनमा २१ को मृत्यु

फरक पत्रिका

सोमबार, जेष्ठ २० २०८२

नेपालमा बढ्दै कोरोनाको जोखिम, भारतमा दुई दिनमा २१ को मृत्यु

काठमाडौं । सन् २०१८को डिसेम्बरबाट विश्वभर फैलिएको कोरोना भारस अहिले फेरि सक्रिय भएको छ । छिमेकी मुलुक भारतमा २ दिन भित्रमा २१ जना कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा समेत यसको जोखिम बढेको पाइएको हो।

पछिल्लो दुई सातादेखि भारतका विभिन्न सहरमा कोरोना संक्रमित बढेका हुन् । भारतसँग खुला सिनामा भएक कारण नेपालमा यो रोग भित्रिने खतरा बढेको हो । भारतमा संक्रमितका साथै मृत्युदरसमेत बढ्दै जाँदा पनि सीमा नाकामा नेपालतर्फबाट उच्च सर्तकता नअपनाइएक कारण नेपाल कोरोनाको खतरा जोनमा पर्नसक्ने सीमा गाउँवासीहरुले बताउँदै आएका छन् ।

भारतमा सबैभन्दा बढी महाराष्ट्र र केरलामा ७–७ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

साथै, कोरोनाका सक्रिय केसहरूको संख्या हवात्तै बढेर ३७८३ पुगेको छ भने सबैभन्दै बढी संक्रमितहरूको संख्या केरलामा रहेको छ, जहाँ १४०० संक्रमित मामिलाहरू उल्लेख गरिएको छ ।

स्वास्थ्य विभागको वेबसाइटका अनुसार २२ मे मा देशमा २५७ केसहरू मात्रै थिए तर यो बिचका ९ दिनमा १४ गुणाले कोरोनाका केसहरू बढेका हुन्।

गत मे ३१ मा बेङ्गलुरुमा ६३ वर्षीय प्रौढको कोरोना कारण मृत्यु भएका थियो । तर, उनले दुवै खोपसँगै  बुस्टर डोज पनि लगाएका थिए तर  पनि उनको ज्यान गुमाउनु परेको थियो ।

भारत सरकारले मानिसहरूलाई भीडभाड हुने ठाउँमा मास्क लगाउन, शारीरिक दूरी कायम गर्न र सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेको छ।

ज्वरो, खोकी, छाती दुख्ने वा सास फेर्न गाह्रो भएमा तुरुन्तै नजिकको अस्पतालमा गएर परीक्षण गराउन भनिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2025 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित