काठमाडौं । गत चैत १५ मा तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा संलग्न प्रदर्शनमा संलग्नमध्ये ५० जनाविरुद्ध ५–५ वटा अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
मुद्दा दायर गरिएकामध्ये तीनजना सिन्धुपाल्चोकका रहेका छन् ।
बाह्रबिसे ९ सिन्धुपाल्चोकका कुमार तामाङ, लिसंखुपाखर ४ सिन्धुपाल्चोकका जितबहादुर श्रेष्ठ, ४४.सुनकोशी ४ सिन्धुपाल्चोक दिनेश खड्कासहितकामाथि मुद्दा दर्ता भएको स्रोतले जनाएको छ ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ को व्यवस्था अनुसार राज्यविद्धको कसूर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराधमा मुद्दा चलाइएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला प्रहरी परिसर काठमाडौंको जाहेरीमा मुद्दा दर्ता गरिएको हो । प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईँदेखि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहितलाई मुद्दा लगाएको छ ।