सिन्धुपाल्चोक । ११ औं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सिन्धुपाल्चोक ठूलोसिरुवारीका खेलाडीहरुले तीन पदक हात पारेका छन् । यही जेठ ३ र ४ गते भएको प्रतियोगितामा ठूलोसिरुवारी डोजोका खेलाडीहरुले स्वर्ण र कास्य पदक हात पारेका हुन् ।
खेलाडीहरुले विभिन्न देशका खेलाडीहरुसंग प्रतिस्पर्धा गरेर विजेता बनेको प्रशिक्षक गंगालाल श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा कराते खेलाडी रोशन गहतराजले ५५ तौल समुहमा स्वर्ण पदक र रन्जित मैनालीले ७६ तौल समुहमा कास्य पदक जितेका हुन्
यसैगरी रोशन गहतराजले ५५ तौल समूहमा तर्फ फाइनलमा भारतलाइ ०–८ ले नकआउट हान्दै प्रथम स्थान हासिल गरे ।
ललितपुरस्थित सातदोबाटोको कराते एकेडेमी हलमा भएको प्रतियोगितामा भारत, बङलादेश, नेपाल र श्रीलङ्काबीच प्रतिस्पर्धा भएको थियो ।