सिन्धु एमालेले पायो पूर्णता, कुन विभागमा कसलाई जिम्मेवारी ?

सिन्धु एमालेले पायो पूर्णता, कुन विभागमा कसलाई जिम्मेवारी ?

फरक पत्रिका

आइतबार, बैशाख २८ २०८२

सिन्धु एमालेले पायो पूर्णता, कुन विभागमा कसलाई जिम्मेवारी ?

सिन्धुपाल्चोक । जिल्ला अधिवेशन सकिएको एक वर्षपछि नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीले पूर्णता पाएको छ । विभाग र सचिवालय गठन गर्दै जिल्ला कमिटीले पूर्णता पाएको हो ।
शनिबार भएको जिल्ला कमिटीको बैठकले २२ जना मनोनीत गरेसँगै अब १२१ सदस्यीय जिल्ला कमिटी भएको छ । बैठकले ३२ सदस्य सचिवालय समेत गठन गरेको छ ।

त्यस्तै २७ विभाग पनि गठन गरिएको छ । सचिव कृष्णगोपाल तामाङ संगठन विभाग, उपाध्यक्ष अर्जुन भण्डारी प्रचार, उप–सचिवद्वय सुशीला पाख्रिन र शिवहरि सापकोटा क्रमशः स्थानीय तह र स्कुल विभागको प्रमुखको जिम्मेवारी पाएका छन् । जिल्ला सदस्य आङदोर्जे शेर्पालाई वित्त तथा कोष विभागको जिम्मेवारी दिइएको छ ।
क्षेत्रीय समन्वय कमिटीको इञ्चार्जमा १ मा प्रेमलाल लामा र २ मा विष्णुमणि आचार्यले पाएका छन् । प्रदेश १ ‘क’ अमृत खडका ‘ख’ चरीबहादुर तामाङ २ ‘क’ राजन आचार्य र ‘ख’मा निर्मल बञ्जराले इन्चार्जको जिम्मेवारी पाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित