काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले किसान समयमै मल पाउन नसक्दा समस्या भाेगिरहेको बताएका छन् । उनले किसानलाई समयमै पर्याप्त रासायनिक मल उपलब्ध गराउन सरकारसँग माग गरेका गरे।
किसानले ५० किलो मल माग गर्दा ५ किलाे पनि पाउन मुस्किल रहेको बताए । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मुख्य बाली धान रोप्ने तयारी भइरहेका बेला किसानहरूले मलको अभाव झेल्नुपरेको बताएका हुन्।
उनले भने, ‘हरेक वर्ष जब मुख्य बाली धान रोप्न तयारी हुन्छ, किसानले समयमा पर्याप्त मल पाउँदैनन्, कोटा प्रणाली मार्फत मल वितरण हुन्छ तर त्यो व्यवहारिक र सहज छैन ।’