सिन्धुपाल्चोक । नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले डा. आरजु देउवा नेपालको पहिलो महिला प्रधानमन्त्री बन्नसक्ने भविष्यवाणी गरेका छन् ।
परराष्ट्रमन्त्रीसमेत रहेकी देउवामा नेपालको प्रधानमन्त्री बनेर देश हाँक्न सक्ने क्षमता भएको भन्दै बस्नेतले यस्तो बताएका हुन्।
सिन्धुपाल्चोकको तातोपानीमा आयोजित एक कार्यक्रममा बोल्दै बस्नेतले परराष्ट्रमन्त्री राणाको प्रशंसा गरे। सिन्धुपाल्चोक प्रतिनिधि सभा २ बाट सांसद जितेका बस्नेतले आरजु प्रमुख अतिथि बनेर बसेकाे कार्यक्रममा प्रशंसा गरेका हुन् ।
कार्यक्रममा बोल्दै महिलाहरुको भूमिका राज्य सञ्चालनमा अत्यत्तै महत्वपूर्ण हुँदै आएको बताए। उनले महिलाहरु प्रधानन्यायधीश, प्रतिनिधि सभाको सभामुखलगायत महत्वपूर्ण पद ग्रहण गरिसकेको स्मरण गरे।