काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने प्रक्रिया थालिएको छ। सरकारले उनी विदेश जान नपाउने गरि राहदानी रद्द गर्ने प्रक्रिया थालेको हो ।
शुक्रवारको हिंसात्मक आन्दोलनको निर्देशन उनैबाट भएको र उनीविरुद्ध छानविन थालिएपछि विदेश भाग्ने आशंकामा राहदानी रद्द गर्ने प्रक्रिया अघि बढेको सरकारी स्रोतको दावी छ।
हिजोको हत्या,आगजनी र लुटपाटको फिल्ड कमाण्डर दुर्गा प्रसाई हो तर उसलाई अघिल्लो दिन बोलाएर निर्देशन दिने तथा आर्थिक स्रोत जुटाउने व्यक्ति ज्ञानेन्द्र शाह हुन् भन्ने पुष्टि भइसकेकाले उनलाई कतै बाहिर जान नदिन राहदानी रद्द गरिन लागिएको स्राेतले जनाएको छ ।