पत्रकार श्यामसुन्दर पुडासैनीको निधन

पत्रकार श्यामसुन्दर पुडासैनीको निधन

फरक पत्रिका

शनिबार, पौस २० २०८१

पत्रकार श्यामसुन्दर पुडासैनीको निधन

काठमाडौं । नेपाल भ्युज डटकममा कार्यरत पत्रकार श्यामसुन्दर पुडासैनीको मृत्यु भएको छ । उनको शुक्रबार राति उपचारका क्रममा  मृत्यु भएको हो ।

३३ वर्षीय पुडासैनी १४ वर्षदेखि पत्रकारितामा क्रियाशील थिए ।

पारिवारिक स्रोतका अनुसार उनको चाबहिलको हेल्पिङह्याण्ड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । हृदयघातको लक्षण देखिए पनि मृत्युका खास कारण थाहा भइसकेको छैन ।

नेपाल भ्युज अनलाइनअघि माउन्टेन टेलिभिजन, प्राइम टेलिभिजन, रेडियो अन्नपूर्णलगायत मिडियामा काम गरिसकेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित